Breaking

रविमाथि मुकुलको हमला, …अब रास्वपा सकिन्छ, बोल्ड निर्णयः प्रचण्ड छोडौँ–बालेन–गोपी रोजौँ (भिडियोसहित)


काठमाडौँ— सत्ता सहभागितालाई लिएर रास्वपामा देखिएको विवाद छताछुल्ल हुन थालेको छ । विशेषत कसैगरी सत्तामा जानुपर्ने सभापति रवि लामिछानेको हठ र सत्ता सहकार्यपछि पार्टीले भोगेको क्षतिका बारेमा नेताहरु चिन्तित देखिँदाकतिपयले यसलाई सत्ता छाड्ने बहानाका रुपमासमेत हेरेका छन् । जुन रविकै कारण सम्भव नभएको विश्लेषणकाबीच रास्वपा भित्रको हलचल के हो त ?

सत्तामा गएर पार्टीले कमाउनेभन्दा गुमाउन थालेको मत राष्ट्रिय स्वतन्त्र पार्टीमा बलियो बन्न थालेको छ । ‘नो नट अगेन’ भन्ने र तीनैसँग मिलेर सत्तामा जाने विषयले पार्टीमा क्षति गरेको उनीहरुको बुझाइकाबीच पार्टी सभापति रवि लामिछानेमाथिसमेत प्रश्न गर्दै आएका छन् । अर्थात लामिछानेलाई किन गृहमन्त्रालय नै चाहियो भन्ने प्रश्नसँगसमेत जोडिएको यो प्रश्नलाई पुरानाका लागिसमेत सहज भइरहेको छ । फलतः युवा तथा खेलकुद मन्त्री विराजभक्त महर्जनले कर्मकाण्डीभन्दा माथिल्लो काम गर्न नसकेको भन्दै अन्तुष्टि नै देखाएका थिए । आफू नयाँ गर्न सत्तामा गएको र राजीनामासमेत गोजीमा बोकेर हिँडेको बताएका उनले वातावरण अनुकूल हुन नसकेकाले समीक्षा गर्ने बेला आएको संकेत गरेका थिए । त्यस्तै त्यसअघि नेता गणेश कार्कीले रास्वपाको सत्तारोहणमाथि प्रश्न गर्दा कांग्रेसलगायतका विपक्षीले सहकारी ठगीबाट बच्न रवि सत्तामा गएको भाष्य निर्माण गरिरहेको छ । जुन प्रश्न सहकारी पीडित नै सडकमा आएको अहिलेको अवस्थामा अझ पेचिलो बन्दा रास्वपा इलाम – २ को निर्वाचनको नतिजालेसमेत हच्किएको थियो । अहिले त महामन्त्री डा.मुकुल ढकालले नै पार्टी दुर्घटनामा पर्न लागेको निष्कर्षसहित सभापति लामिछानेलाई प्रतिवेदन बुझाएका छन् । इलाम उपनिर्वाचनपछि ३९ जिल्ला घुमेर तयार पारिएको प्रतिवेदनमा ढकालले पार्टी अहिलेकै आधारमा निर्वाचनमा गए एक÷दुई सिट जित्न पनि हम्मेहम्मे पर्ने गम्भीर चिन्ता औंल्याएका छन् । वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग सत्तामा सम्झौता गर्नुभन्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सँग मिल्नु पार्टीका लागि हितकर रहेको निष्कर्ष निकालेका छन् । साथै उनलेयसोभन्दा महामन्त्रीबाट आफूलाई निष्कासित गर्न सकिने भन्दै पार्टीभित्र लामिछानेको दबदबालाईसमेत छर्लङ पारेका छन् ।

मन्त्रीकै असन्तुष्टि,पार्टीको घट्दो साख,महामन्त्रीको यस्तो प्रतिवेदन तथा सभापतिकै सती जानुपर्ने नेताहरुको बाध्यताले रास्वपालाई सहज छैन । जहाँ रविको बचाउँमा आफ्नै मन्त्रीसमेत नरहँदा सभापति सकिँदा पार्टी सकिन नहुने बहसपार्टीमा चर्को बन्दैछ । तर यी आवाज दबाउँदा रविले सार्वजनिक रुपमै आफूले मौसमी नभई सधैँको साथ खोजेको भन्दै आफ्ना नेता कार्यकतामाथि असन्तुष्टिसमेत पोखेका थिए । जहाँ राजनीतिक विश्लेषकहरु भने यसलाई सत्ताबाट बाहिरिने रास्वपाको बहानाको संज्ञा दिन्छन् । रवि सत्ताविहीन भए प्रचण्ड र ओली नै फसाउन सक्ने अवस्था हुनु तथा विश्वासको मत कायम राखेर सत्ताबाहिर आउन नसक्नु रास्वपाको समस्या भएको उनीहरुको दाबी छ । अर्कातर्फ सत्तामा जानु र निस्कनुको समेत औचित्य पुष्टि गर्न गाह्रो पर्ने अवस्थामा रास्वपा छ । फलतः अहिले देखिएको असन्तुष्टि सभापति र नेताहरुबीचको बेमेल नभई बहानाको खोजी भएको विश्लेषक हरिदर्शन श्रेष्ठ टिप्पणी गर्छन् ।

हुन त पाँच वर्ष प्रतिपक्षमा बसेर संगठन निर्माण गरी पहिलो पार्टी बन्ने अवसर रास्वपालाई आएको बताँउनेहरु पनि छन् । तर ‘रात रहे अग्राख पलाँउछ’ भने झै रास्वपाले मौका मिलेसम्म सत्ता यात्रालाई गुमाउन चाहेन । अझ रोचक त रविमाथि प्रश्न उठ्दा पार्टीका सबै मन्त्री फिर्ता बोलाएको दृश्यले रास्वपा पार्टीभन्दा रविको कम्पनी भएको भाष्य नै निर्माण भयो । त्यसमा पनि अपरिपक्व शैलीले रविमाथिका प्रश्न अझ पेचिलो बन्दै छन् । यो अवस्थामा उनी जति सत्तामा रहन्छन्त्यति पार्टी रसातलको यात्रामा पुग्ने स्वयम्रास्वपाका नेताहरु पुग्दा रविभन्दा पार्टी फरक भएको प्रमाणित गर्न उनीहरुलाई कम कठिन छैन । जहाँ बाध्यता वा लोभले रविले मन्त्री छोड्ने सम्भावना कमै रहँदा सभापतिविरुद्ध नै युद्ध छेड्ने अवस्था छैन ।