Breaking

गृहमै हुतीहारा रवि, चौतर्फी काउन्टर, जीबीले टाउको दुखाए, नारायणकाजीले गिज्याए (भिडियोसहित)


काठमाडौँ— उपप्रधानसहित गृह मन्त्रालयमा दोस्रो पटक सत्तासिन भएपछि रवि लामिछाने पछिल्लो समय आफ्नै अभिव्यक्तिका कारण रक्षात्मक अवस्थामा पुगेका छन् । सडक र सदनबाट उनले उठाएकै प्रश्नहरुको सहारामा अहिले सांसदहरुले उनीमाथि नै प्रश्न तेर्साउन थालेका छन् । जसको उत्तर दिन उनलाई हम्मेहम्मे परेको छ ।

गालाभरी झ्याप्प दारी, शिरमा भादगाउँले कालो टोपी, छिर्के जवारी कोट, हातमा माइक, संसदमा सात्तो खाने गरी रास्वपा सभापति तथा सांसद रवि लामिछानेको सशक्त आवाज ।रवि लामिछाने यो बेला प्रतिपक्षको बेन्चमा छन्।गृहको नेतृत्व नारायणकाजी श्रेष्ठले सम्हालिरहेका थिए । प्रतिपक्षको आसनबाट सरकारलाई खबरदारी गरेका रवि भन्छन्,जस जसको नाम आएको छ, तिनलाई छानबिनको दायरामा ल्याउन नहुने, सोधपुछसम्म गर्न नहुने गरी किन डराएको ?रविले नारायणकाजीको मुटुमाथिनै प्रश्न गर्दै घोचपेचको झटारो हानेको यो सुन्नुस् ।

हुलिया लगभग हँुवहँु छ, रंगरुप चालढालमा खासै फरक छैन । तर पहिलो दृश्यमा संसदमा माइक समातेर बोलेका रवि दोस्रो दृश्यमा आईपुग्दा भने प्रश्न सोध्ने नभएर उत्तर दिने ठाउँमा छन्् । अर्थात् यो बेला रवि मुलुकको गृहमन्त्री भईसकेका थिए । यतिबेला रविको हातमा माईक हैन मुखमा बुम ते¥साईएको छ । र, पत्रकारले हिजो उनले गरेकै प्रश्न सापटी लिएर सोधिरहेकाछन् ।अरुलाई लखेट्न जस्तो आफु भाग्न सजिलो नहुने बुझेका गृहमन्त्रीको योदुई जिब्रे बोलीसुन्नुस् । हिजो प्रतिपक्षमा हुँदा छानविनको दायरामा ल्याउन मुटु नभएको भन्दै कुर्लिएका रवि आफै सत्तामा पुगेपछि र सहकारीमा आफैमाथि प्रश्न उठेपछि भने जसले उजुरी थमाईदिन्छ, जसले जाहेरी थमाईदिन्छ, कागज आउने वितिकै भएभरका सबै छानविन गर्न नसकिने शैलीमाकड्किएर आफ्नो बचाउँ गरिहेकाछन् । यी दुई तथ्यले रविको हविगत जति बोलिरहेको छ । लामो समयदेखि मौका कुरेर बसेका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पनि शनिबार रवि लक्षित विष बमन गरेकाछन् । गृहमा हुँदै टसल देखिएका रवि र नारायणकाजीबीचको टकराब छताछुल्लै भएको छ । आफुलाई सिंहको मुटु भएको भन्दै नारायणकाजीको छाति नापेका रविलाई अहिले नारायणकाजीले सिंहपनि आफुलाई परेपछि विल्ली भएको शैलीमा म्याउ गरीरहेको भन्दै आक्रोश पोखेकाछन्

सहकारी प्रकरणमा डामिने पक्कापक्की भएपछि शक्तिशाली मन्त्रालयको रुपमा जवरजस्त गृहमा गएका रविले प्रहरीमाथि हस्तक्षेप गरेर मुद्धा कमजोर पार्न डरलाग्दो डिजाईन गरेको गंभीर आरोप लागेको छ। रविले कास्कीमा आफुमाथि अनुसन्धान गरेका नेपाल प्रहरीका इन्सपेक्टरमाथि मानसिक दबाव दिएर अस्पतलामा उपचार गर्न बाध्य पारेको कांग्रेस महामन्त्री गगन थापाले गत जेष्ठ ३ गते पत्रकार सम्मेलनमा दाबी गरेका थिए । गगनले अनुसन्धानमा संलग्न प्रहरी अधिकृतको नाम खुलासा नगरेपनि आईतबार संसदमा गगनकै छेउवाट अर्का महामन्त्री विश्व प्रकाश शर्माले रविको गलत मनसायमा प्रहरी इन्सपेक्टर सूर्य बहादुर राना मगरलाई कास्की प्रहरीबाट सरुवा गरेर महोतरी पु¥र्याएको जिकीर गरेकाछन् ।सम्भवत गगनले इगिंत गरेको प्रहरीनै विश्वप्रकाश शर्माले भनेको सूर्य मगर हुनुपर्छ ।

रविले जतिनै ठूला डंका गरेर आफुलाई पानी माथिको ओभाने देखाएपनि प्रहरीमा व्यापक चलखेल गरेको तथ्य लुकेको छैन । एमाले अध्यक्ष केपी शर्मा ओलीको आशिवार्दले गृहमन्त्री भएका उनले ओलीको मन राख्दिन र प्रचण्डको सत्तामा टिकीरहन् ओली प्रचण्डका पिएसओलाई एसपी बढुवामा हुल्दा पहिलो नम्बरमा डिएसपीलाई रिङ आउट गराएर १२ औं नम्बरका लाई भित्र्याएको तथ्यपनि अझै ताजै छ । काविल अफिसरलाई अन्याय गरेर स्वार्थको रोटी सेकेका रविले आइजीपी फेरबदल गर्ने तहसम्म प्रहरीमा चलखेल गरे । तर आइजीपी फेर्दा ठूलै संकट आइपर्ने देखिएपछि हच्किएका उनले जतिनै सुशानसनको रटान लगाए पनि त्यो मनको शान्तीका लागि डुङगा्रे फुकेजस्तो सावित हुदैछ ।