Breaking

मोदीलाई आच्छु पार्ने राहुल र अखिलेशको संकेत, सदनको असली भिडन्त सुरु, संविधान विरोधी बीजेपी ? (भिडियोसहित)


काठमाडौँ— भारतमा केही समय अगाडि सम्पन्न लोकसभा चुनावमा नरेन्द्र मोदी नेतृत्वको पार्टीले बहुमत ल्याउन सकेन । बहुमत ल्याउनबाट चुकेपछि यतिबेला यसको असर संसदमा देखिन थालेको छ । यतिबेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा)सँग एकल बहुमत छैन । भर्खरै सम्पन्न लोकसभा चुनावमा आफ्नो पार्टीको एकल बहुमत आउन नसकेपछि दुई कार्यकाल राज गरेका मोदी अहिले गठबन्धनको टेको टेक्न बाध्य छन् । मोदी यतिबेला विपक्षीको पेलानमा परेका छन् भन्दा पनि फरक पर्दैन । निर्वाचनबाट कुनै पनि पार्टीले एकल बहुमत ल्याउन नसकेको असर यतिबेला संसदमा देखिन थालेको छ । मंगलबार लोकसभामा सांसदहरुको शपथ ग्रहण समारोहमा केही सांसदले समारोहको अन्त्यमा नाराबाजी गरेपछि हंगामा नै मच्चियो ।

उत्तर प्रदेशको बरेलीका बीजेपी सांसद छत्रपाल सिंह गंगवारले ‘हिन्दू राष्ट्र की जय’ भनेपछि विपक्षी सांसदहरूले यसलाई संविधान विरोधी भन्दै चेतावनी दिए । बीजेपी आईटी सेल प्रमुख अमित मालवीयले एआईएमआईएम प्रमुख र हैदरावाद सांसद असदुद्दीन ओवैसीलाई ‘प्यालेस्टाइनको विजय’ भन्नेलाई अयोग्य घोषित गर्न माग गरे । शपथग्रहणको अन्त्यमा ओवैसीले ‘जय भीम, जय मीम, जय तेलंगाना, जय प्यालेस्टाइन’ भनेका थिए ।

त्यस्तै कांग्रेस नेता राहुल गान्धी शपथ लिन पोडियममा पुग्दा विपक्षी सांसदहरूले ताली बजाए र ‘भारत जोडो’को नारा लगाए । राहुल गान्धी हातमा संविधानको रातो रङको प्रतिलिपि लिएर पुगेका थिए । अंग्रेजीमा शपथ लिएपछि उनले ‘जय हिन्द र जय संविधान’को नारा लगाएका थिए ।

बिहारको पूर्णियाबाट स्वतन्त्र सांसद राजेश रञ्जन उर्फ पप्पु यादवले शपथ लिने क्रममा उनको सर्टमा ‘नीट’ लेखिएको थियो । उनले स्थानीय भाषा अंगिकामा शपथ ग्रहण गरे र नीट जिंदाबाद, बिहार विशेष दर्जा दीर्घायु, सीमाञ्चल जिन्दाबाद, मानवतावाद जिंदाबाद, भीम जिंदाबाद, संविधान दीर्घायु भनी समापन गरे । भारतको करिब एक अर्ब २० करोड जनसङ्ख्यामा दुईवटा ठूला धार्मिक समूह हिन्दू र मुस्लिमले ९४ प्रतिशत भाग ओगटेका छन् । बाँकी ६ प्रतिशतमा इसाई, सिख, बौद्ध र जैन छन् । भारतमा धर्मका लागि मुस्लिम र हिन्दूहरु ‘मर्न र मार्न’ पनि पछि पर्दैनन् । संसदमै धर्ममाथि यसरी प्रश्न उठाउनु पक्कै राम्रो कार्य हैन । एकातिर भारतीय कंग्रेसका नेता राहुल गान्धी, प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख प्रतिद्वन्द्वी हुन् । मोदीमाथि राहुल गान्धीले डण्डा चलाउने पक्का छ । सत्ताको भोकमा छट्पटी रहेको भारतीय कंग्रेसले विपक्षीमा बसेर पनि मोदीलाई घुँडा टेकाउने सम्भावना प्रबल छ ।