Breaking

सहकारी छानबिन समितिले माग्यो गोर्खा मिडियाको कागजात


काठमाडौँ— सहकारी छानबिन विशेष समितिको बैठकले गोर्खा मिडिया नेटवर्क प्रालिको कागजात माग गर्ने निर्णय गरेको छ ।

आज बसेको छैठौं बैठकले ९ वटा सहकारीसँग सम्बन्धित कागजातहरू र विभिन्न सहकारीबाट गोरखा मिडिया लगायतमा प्रवाह भएको रकमको कागजात उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको हो ।

आजको बैठकमा समितिले सहकारी क्षेत्रका जानकार मानिने पूर्वमन्त्री दीपकप्रकाश बाँस्कोटा र केशवप्रसाद बडालसँग सल्लाह सुझाव लिएको छ । राजनीतिमा आउनुअघि गृहमन्त्री रवि लामिछाने गोर्खा मिडियाको प्रबन्ध निर्देशक थिए ।