Breaking

एसईईको नतिजा भोलि सार्वजनिक हुने


काठमाडौँ— २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार (भोलि) बिहान सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बिहीबार बिहान नतिजा सार्वजनिक गरिने जानकारी दिए ।

अहिले बोर्ड बैठक बसेको छ, कतिपय तयारी पुरा नभएका कारण आजै रिजल्ट आउट नहुने भएको हो । नतिजा हेर्न बोर्डले १० वटा वेबसाइट र पाँचवटा एसमएस सर्टकोड को व्यवस्था गरेको छ । २०८० चैत १५ देखि २७ गतेसम्म सञ्चालन भएको एसईईमा चार लाख ८८ हजार विद्यार्थी सहभागी भएका थिए ।