Breaking

धितोपत्र बोर्ड अध्यक्षमा महान्यायाधिवक्ताको सुझाव : ३ जना सिफारिस वा प्रक्रिया रद्द


काठमाडौँ – नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाउन गठित सिफारिस समितिलाई महान्यायाधिवक्ता कार्यालयले जवाफ दिएको छ ।

बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया कसरी अघि बढाउने भनी समितिले महान्याधिवक्ताको कार्यालयबाट राय सुझाव मागेको थियो । सोही अनुसार महान्यायाधिवक्ता कार्यालयले दुई विकल्प दिएको स्रोतले जनाएको छ ।

कानुनी रूपमा कम्तीमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था भएकाले समितिले कम्तीमा ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने महान्याधिवक्ता कार्यलयको सुझाव छ ।

त्यस्तै अर्को विकल्पमा प्रक्रिया रद्द गर्न सकिने सुझाव छ । सिफारिस समितिले यी दुई विकल्पमध्ये जुनसुकै अवलम्बन गर्न सक्ने सुझाव कार्यालयले दिएको छ ।