Breaking

छाउपडी प्रथाको अन्त्यका लागि समिति गठन

निर्मला पन्तको हत्याको अनुसन्धान नतिजाउन्मुख रहेको गृहमन्त्रीको जवाफ


काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयले छाउपडी प्रथाको अन्त्यका लागि समिति गठन गरेका छन् ।

अछाम जिल्लाको छाउगोठमा भएको घटनाका बारेमा राष्ट्रिय सभामा जानकारी गराउँदै गृहमन्त्री लामिछानेले छाउपडी प्रथाको अन्त्यका लागि विगतमा भएका अध्ययन, अनुसन्धान र विज्ञहरूसँग सल्लाह लिई समितिले दिएको सुझाव र प्रतिवेदनका आधारमा नीति बनाउने काम हुने बताए ।

गत असार ४ गते अछामको पञ्चदेवलमा १६ वर्षकी किशोरी छाउगोठमा बलात्कृत भएको विषयबारे संसद्मा जानकारी गराउँदै गृहमन्त्री लामिछानेले आगामी दिनमा यस किसिमका घटना हुन नदिन समिति गठन गरिएको जानकारी दिए । यस्तै गृहमन्त्री लामिछानेले निर्मला पन्तको हत्याबारेको अनुसन्धान नतिजाउन्मुख रहेको बताए ।