Breaking

जीतपुरसिमराको नगरसभामा झडप, वैठक स्थगित


बारा । जीतपुर सिमरा उपमहानगरमाको नगरसभा वैठकमा झडप भएपछि नगर सभा वैठक स्थगित भएको छ । बजेट पेस गर्नलाग्दा बिहानैबाट एमाले र केही कांग्रेसका वडाध्यक्षहरू विरोधमा उत्रेका थिए ।


नगरसभामा सहभागी हुन मेयर राजन पौडेल नगर सभामा छिर्नसाथ उनीहरुले हुलदङ्गा गरेका थिए । उनीहरुले नगर सभास्थलमा रहेका कुर्सी र टेबल समेत तोडफोड गरेका छन् ।

जीतपुर सिमरा उपमहानगरका वडा नम्बर २ का धनबहादुर श्रेष्ठ, वडा नम्बर १६ का वडाध्यक्ष हरिदेव खरेल, वडा नम्बर ६ का कैयुदिन अन्सारी र ७ का सुनिल गुप्तालगायतले तोडफोड गरेकाछ्न । लगतै नगर सभा स्थगित भएको घोषणा गरिएको छ ।

नगर सभामा झडप भएपछि अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने नगर सभा सञ्चालन हुन सकेको छैन ।