Breaking

सत्ता छोड्ने मोडमा प्रचण्ड, देउवाभन्दा ओली बैगुनी, धम्कीकै भरमा रवि उम्किए


काठमाडौँ – यो पल्ट चमत्कार नै गर्ने भन्दै ‘टालाटुली बटुली’को प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड जादुको छडी नचलेपछि दिगदार छन् । एकातिर न सत्ता न पार्टीको हुनलागेको अवस्था, अर्कातर्फ उथलपुथल गर्ने ठाँउसमेत नभेटिदाँ उनको यो छटपटाहट बढ्दो छ । जुन आम नागरिकले उनीबाट ठूलो आशा गरेको रुपमाभन्दाउनको व्यक्तिगत स्वार्थपूर्तिको आधार तय भएकोमा कुनै भ्रम नरहँदा कहाँकहाँ चलेन त उनको जादुको छडी ?


काम गर्नुभन्दा नराम्रो नगर्नु भन्नैमै आम नागरिक चिन्तित भएका वेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चमत्कार नभएकोमा दिगदार देखिन थालेका छन् । कांग्रेससंग मिलेर नेतृत्वमा पुगेकै बेला आम नागरिकको चासो नरहँदा एमालेसँग मिलेर चमत्कार गर्ने उद्घोष गरेका उनी अहिले आफूले जादुकै छडी चलाउन खोजेपनि अरुका कारण गर्न नसकेको भाष्य निर्माण गरिरहेका छन् । फलतः कहिले मन्त्रीले काम नगरेको कहिले कर्मचारीले नटेरेको भन्दै दुखेसो गरेका उनी यसलाई मसला बनाएर आफू पानीमाथिको ओभानो बनिरहेका छन् । हुन पनि उनले चमत्कारको आधार मानेको बजेट नै सत्तारुढ दलकै निसानामा छ भने राजदूत नियुक्तिको उनको अर्को पाटो देखिसकेको छ ।


जहाँ राजदूत सिफारिस भएका सुशील प्याकुरेलले त पद नै अस्विकार गरेका छन् । जुन सरकार फिर्तीसँगै राजदूत फर्काउने शैली र यो सरकारको आयुसँग जोडिएको विश्लेषण गरिँदायसलेसमेत प्रचण्डको अवस्था चित्रित गरेको छ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको विषयमा होस कि प्रहरी अधिकृतहरुको सरुवा वढुवामा होस्,उनले सोचेको जादुले काम नगर्दा नयाँ पार्टीलाई भित्र्याएर चमत्कार गर्ने सपनामा पनि पानी खनिएको छ ।

बरु रवि लामिछाने सहकारी काण्डमा मुछिदा सत्ताकै लागि केही गर्न नसकेको आक्षेप प्रचण्डले खेपेका छन् भनेएमालेसँगको सहयात्री समेत भारी पर्न थालिसकेको छ । यसले उनले किन समीकरण फेरे ? त्यसबाट जनताले के पाए भन्ने प्रश्न पेचिलो बन्दा नयाँ समीकरण बनाउनुका ६ कारणको औचित्य पुष्टि हुन सकिरहेको छैन ।

हुन त प्रचण्डले चमत्कार गर्नेमा कसैले आशा नै गरेका थिएनन् । त्यसमाथि आफूलाई अफ्ठ्यारो परेपछि परिवर्तनमाथि प्रश्न उठ्न थालेको तथा अरुमाथि आक्षेप लगाउने गरेको रणनीतिबाट समेत कोहीबेखबर छैनन् । फलतः प्रधानमन्त्री नै सर्वेसर्वा हुने प्रणालीमा उनको गुनासो र रुवाई गोहीको आँशु भएको बुझ्नसमेत कठिन छैन । जहाँ केही गर्ने आशा भए त्यो हुन नसक्दा किन अनेक तिकडम गरेर नेतृत्वमा रहनुपर्यो भन्ने अर्को प्रश्न समेत यसले खडा गर्दा आफ्नैलाई सम्हाल्न नसक्ने उनीबाटदेश सम्हालिने सम्भावना समेत न्यून छ । जसको उदाहरण संघियता र व्यवस्थामाथिकै प्रश्न बलियो हुदाँ उनको मुगदर्शक स्थिति, कर्मचारीकै कारण बजेट पास हुन नसक्ने तथा पार्टीको समेत स्थिति सुधार नभएको अवस्था बनेको छ ।

तर यी सबैमा लाज पचाँउदै आफू प्रधानमन्त्री नभए देशले नेतृत्वकर्ता नै नहुने जसरी प्रस्तुत भएका उनी यहि कारण एमाले कांग्रेसको पालैपालो प्रयोगको अश्त्र बनेको मान्न तयार छैनन् । जसले नागरिकमा आशा भन्दा निराशा बनाउँदा अन्तिमचोटि प्रधानमन्त्री हुने उनको रहरसंगै देश नै दुर्घटनामा त जाने हैनन भन्ने वहस नै शुरु भएको छ । यता राजनीतिक कोणबाट समेत वृहत वाम एकताको चमत्कार गर्ने भाष्य निर्माण गरेका उनी उनै केपी शर्मा ओलीको पेलानबाट माथि निस्किन सकेका छैनन् । जसले उनी पार्टीभित्रैबाट प्रश्नमा पर्दा कांग्रेसका महामन्त्री गगन थापाले त नटेर्ने मन्त्री फेर्न त्यसो गर्न नसके बालुवाटारबाट आफैँ डेरा सर्न सुझाव नै दिएका छन् ।

राजनीतिक विश्लेषकहरु त पहिलो हुने पार्टी प्रतिपक्षमा, दोस्रो हुने पार्टी अरुले छोडेको भागमा रमाउने र तेश्रो पार्टीले घुमाउने दृश्यले नै अहिलेको राजनीतिक अवस्था चित्रित गरिरहेको बताउँछन् । जहाँ नयाँ भनिएकाहरुसमेत पुरानै प्रयोगको अस्त्र बन्दा शक्तिको मियो नै दाबी गरेपनि प्रचण्डले गठबन्धनविरुद्ध जान सक्ने अवस्था छैन । जहाँ उनी दुईचोटि प्रधानमन्त्री बन्दा नै टे«लर हेरिसकेका नागरिकले उनी कति सत्तामा रहन्छन् कसरी रहन्छन् चासो पनि राख्दैनन् । यद्यपि,उनको सहयात्रीकोपार्टी ठूलो होला माओवादीले भोट माग्ने बाटो पाउला भन्ने आशामासमेत यसले तुषारापात हुदाँ नागरिक भने कहिले पालो पुर्याएर जालान् भन्ने आशामा छन्भन्दा अत्युक्ति नहोला ।