Breaking

जंगली च्याउ खादाँ मकवानपुरमा एक जनाको मृत्यु


जंगली च्याउ खाएर मकवानपुरमा एक जनाको मृत्यु भएको छ ।

मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर–७ बेशीटोलका ५० बर्षकी चन्द्रमाया प्रजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जंगलवाट च्याउ खोजेर ल्याएका राक्सिराङ गाउँपालिका—७ दुगुवाङका ५५ वर्षीय दलबहादुर चेपाङको च्याउ खाएर मृत्यु भएको स्थानीयवासीले बताए । च्याउ खाएर दलबहादुरकी पत्नीसहित चार जना बिरामी छन् ।

जंगली च्याउ खाएर विरामी भएका पाँचै जनालाई उपचारका लागि चितवन लैजाने क्रममा दलबहादुरको बाटोमा नै मृत्यु भएको हो । विरामी भएकालाई उनीहरुलाई उपचारका निम्ति भरतपुर लगिएको हो ।

च्याउ खाएर विरामी हुनेमा राक्सिराङ गाउँपालिका—७ दुगुवाङका मृतकका पत्नी ५० वर्षकी जालीमाया चेपाङ, १४ वर्षिया छोरी रेन्जु चेपाङ, १२ वर्षिया छोरी सविना चेपाङ र १० वर्षिय छोरा शुसल चेपाङ रहेका छन् ।