Breaking

प्रहरी हुँ भन्दै व्यवसायीको घरबाट दुई करोड लुुटपाट


काठमाडौँ – भक्तपुरमा एक व्यवसायीको घरबाट दुई करोड रुपैयाँ लुटपाट भएको छ । आफूहरू प्रहरी भएको र खानतलासीका लागि आएको भन्दै चाररपाँचजनाको समूहले दधिकोटका एक व्यवसायीको घरबाट उक्त नगद लुटपाट गरेको भक्तपुर प्रहरीले जनाएको छ ।

घटना मंगलबार रातिको भए पनि ढिलो सार्वजनिक भएको हो । प्रहरी स्रोतका अनुसार सीसीटीभी फुटेजमा चाररपाँचजनाको समूह व्यवसायीको घरमा गएको देखिएको छ । सोही फुटेजका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

भक्तपुर प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।