Breaking

नयाँ दलले हामीलाई सम्मान गरेनन् : प्रधानमन्त्री


प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ राजनीतिक दलहरुले पुराना राजनीतिक दलहरुलाई सम्मान गर्न नसकेको बताउनु भएको छ ।

नेपाल बुद्धिजीवि संगठनको छैटौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा राजनीतिक दल र पार्टीहरु दशकौँको संघर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाललाई प्रवेश गराएको कुरालाई बिर्सिएर नयाँ राजनीतिक दलहरुले पुराना दललाई अपमान गरिरहेको आरोप लगाउनू भयो ।

पुराना राजनीतिक दलकै कारण आफू अहिले यो अवस्थामा आइपुगेको हुँ भन्ने हेक्का नयाँ राजनीतिक दलहरुले राख्न जरुरी रहेको बताउनुभयो ।पुराना दलहरुको प्रशंसा गर्नुपर्ने ठाउँमा नयाँ राजनीतिक दलहरुले आफूलाई जन्मदिने आमाबुबालाई अपमान गरेझैँ पुराना दलहरुको अपमान गरिरहेको पनि बताउनु भयो ।