काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले अमेरिका र वेस्ट इन्डिजमा ब्याटिङ लागि पिच असहज भएको अनुभव सेयर गरेका छन्।
आईसीसी टी–२० विश्वकपमा सहभागी भएर बिहीबार नेपाल फर्किएसँगै आयोजित पत्रकार सम्मेलनमा कप्तान पौडेलले पिच नै ब्याटिङका लागि च्यालेन्जिङ रहेको बताए।
पहिलो गेममा पनि त्यतिकै कन्फिडेन्स नै थियो। हामीमा एक्सपेरियन्सभन्दा त्यहाँको सर्फेस नै ब्याटिङका लागि च्यालेन्जिङ थियो’, उनले भने।
उनले ओभरल टुर्नामेन्ट हेर्दा राम्रो प्रदर्शन गरेको जस्तो लागेको बताए। उनले दक्षिण अफ्रिकाविरुद्धको खेलमा ब्याटिङमा कमजोरी भएको उनले स्वीकारे।
प्रतिक्रिया