Breaking

आफूले संबोधन गर्दा संसदमा शीर्ष नेता उपस्थित नभएको प्रचण्डको गुनासो


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा शीर्ष नेता र सांसदहरुको उपस्थिति कम भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

बिहीबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम थियो । प्रश्नोत्तरमा ११ जना सांसदले भाग लिए । प्रश्नोत्तर कार्यक्रम सकिएपछि प्रधानमन्त्री प्रचण्डले आफूले सम्बोधन गर्ने क्रममा संसदमा शीर्ष नेता र सांसदहरुको उपस्थिति कम भएको गुनासो गरे ।

‘जाँदाजाँदै म एउटा कुरामा सबै माननीय सदस्यहरुको ध्यानाकर्षण गराउन चाहन्छु’ भन्दै प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीले संसदमा बोल्दा सकेसम्म सबै उपस्थित हुने परम्परा रहेको बताए ।