Breaking

विराजभक्तलाई धनराजले भने : तपाईंको राजीनामाले प्रधानमन्त्रीलाई अप्ठ्यारो पर्दैन


काठमाडौँ— प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद धनराज गुरुङले युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठको राजीनामाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अप्ठ्यारो नपर्ने बताएका छन् ।

आज प्रतिनिधि सभाको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथिको छलफलमा बोल्दै कांग्रेस सांसद गुरुङले राजीनामा पत्र खल्तीमा बोकेर हिँडेको मन्त्री श्रेष्ठको अभिव्यक्ति स्मरण गरेका हुन् ।

यही असार २ गते रास्वपा स्थापना दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीको संसदीय दलका उपनेता समेत रहेका मन्त्री श्रेष्ठले राजीनामा पत्र बोकेर हिँडिरहेको र त्यसमा मिति मात्रै लेख्न बाँकी रहेको बताएका थिए । उक्त अभिव्यक्ति स्मरण गर्दै कांग्रेस सांसद गुरुङले मन्त्री श्रेष्ठको राजीनामाले प्रधानमन्त्रीलाई अप्ठ्यारो नपर्ने बताएका हुन् ।

‘उहाँको खल्तीबाट राजीनामा पत्र निस्कीहाल्यो भने कतिलाई लाग्न सक्छ(कतै प्रधानमन्त्रीलाइ अप्ठ्यारो पर्न सक्छ कि १ पर्दैन । कतिलाई लाग्न सक्छ उहाँकै मन्त्री पद जाने हो कि १ जाँदैन त्यो पनि’ कांग्रेस सांसद गुरुङले भने ।

राजीनामा पत्र २०८४ सालसम्म सुरक्षित राख्न पनि मन्त्री श्रेष्ठलाई सांसद गुरुङको सुझाव छ । उहाँको खल्त्बिाट राजीनामा पत्र फत्र्याक्क निस्किहाल्यो भने कतै पानीमा भिज्छ कि भन्ने मलाई चिन्ता हो । पानीले नभिजोस् भन्ने मेरो चिन्ता हो’ उनले थपे, ‘पानीमा भिज्यो भने त्यो च्यातिन्छ । नच्यातियोस् भन्ने मेरो चिन्ता हो । त्यसकारणले सुरक्षितै राख्नुहोस् मेरो कामना छ ।’

पानीबाट जोगाउन राजीनामा पत्रलाई पलास्टिकले कोटेट गरेर राख्न भन्दै उनले ब्यङ्ग्य गरे । ‘बरु एउटा सुझाव दिन छ मलाई-त्यो राजीनामा पत्रलाई पलास्टिक कोटेट नै बनाएर राख्नुस् । २०८४ को चुनावभरीसम्म त्यो खल्तीमा राम्रोसँग राख्नुस् भन्ने मेरो आग्रह छ ।’

राजीनामा पत्र झर्ला र च्यातिएला भनेरै आफू युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथि कडा टिप्पणी गर्ने पक्षमा नरहेको भन्दै ब्यङ्ग्य गरे ।