Uncategorized

धितोपत्र बोर्ड अध्यक्षका तीन आकांक्षी बुधबार पनि अन्तर्वार्तामा आएनन्, प्रक्रिया रद्द हुने


काठमाडौँ – नेपाल धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले ‘सर्टलिस्ट’मा पारेका पाँचजनालाई गत आइतबार बिहान ९ बजे व्यावसायिक प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाइएको थियो । तर, तीनजना आएनन् । उनीहरू नआएपछि बुधबार ९आज० प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएकोमा आज पनि उपस्थित भएनन् ।

यसरी नआउनेमा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा। नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज ९नेप्से०का प्रमुख कार्यकारी अधिकृत ९सीईओ० कृष्णबहादुर कार्की र बिमा प्राधिकरण ९तत्कालीन बिमा समिति०का पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं छन् ।

गत आइतबार सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले व्यावसायिक प्रस्तुतीकरण र अन्तर्वार्ता दिइसकेका छन् ।

अधिकारी, कार्की र चापागाईंले भने अहिलेसम्म पनि आफ्नो मोबाइल अफ गरेर बसेका छन् ।

उनीहरूको राजनीतिक आस्था एउटै भएकाले सल्लाह गरेरै प्रस्तुतीकरण र अन्तर्वार्तामा उपस्थित नभएको हुनसक्ने स्रोतको दाबी छ । स्रोतका अनुसार थपिएको समयमा पनि उनीहरू अन्तर्वार्तामा नआएपछि अब अध्यक्ष नियुक्तिका लागि थालिएको प्रक्रिया रद्द गर्ने तयारी भइरहेको छ । प्रक्रिया रद्द गर्न मन्त्रिपरिषद्‍मा पठाउने तयारी भइरहेको बताइएको छ ।