काठमाडौँ— आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले आगामी आर्थिक बर्षको बजेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको प्रतिवद्धता अनुरुपको योजना र रकम विनियोजन नदेखिएको बताएका छन् ।
बजेट आउनुअघि प्रधानमन्त्री प्रचण्डले तीन करोड, पाँच करोड भन्दा साना योजना संघीय बजेटमा नराख्ने बताएका थिए ।
आज प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा बोल्दै आजवा अध्यक्ष साहले आफूले भने अनुसार बजेट निर्माण नगर्ने मन्त्रीलाई प्रधानमन्त्रीले हटाउन सक्नुपर्ने सुझाव दिए । अन्यथा, स्वयं प्रधानमन्त्रीमाथि नैतिक प्रश्न उठ्ने उनले बताए ।
‘आफूले भनेको चलेको छैन भने कुन मोरलले बस्नुहुन्छ ? चलेको छ भने कसरी उल्लंघन भयो । यदि कुनै मन्त्रीले तपाईंले भनेको मान्नुभएन भने बर्खास्त गर्ने हैसियत राख्नुस् । यदि आफ्नै कुरामा टिक्नुभएको छैन भने तपाईं पनि त्यहाँ बस्न मिल्छ जस्तो लाग्दैन’, उनले भने ।
बजेट पहुँचवाला नेता र मन्त्रीको क्षेत्रमा मात्रै पर्ने प्रवृत्ति नियन्त्रण गर्न आवश्यक रहेको बताए ।
प्रतिक्रिया