Breaking

बालेन शाहको राजीनामा माग्दै कवाड संकलक आन्दोलनमा


काठमाडौँ— काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको राजीनामा माग गर्दै कवाड संकलकहरु आन्दोलनमा उत्रिएका छन् । काठमाडौं महानगरपालिकाले कवाड संकलन गरेर राख्ने स्थानमा डोजर चलाइदिएको भन्दै यसअघि पनि उनीहरु आन्दोलनमा थिए ।

आज पनि उनीहरु आन्दोलनमा उत्रिएका छन् । गएको फागुनदेखि नै आन्दोलित भएका कवाड संकलक व्यवसायी पुनः आन्दोलित भएका हुन् । आज काठमाडौंमा आन्दोलन गर्दै महानगरपालिकाको कार्यालय घेराउ गरेका छन् ।

चर्का नाराबाजीसहित उनीहरु काठमाडौं महानगरका मेयर बालेन शाहको ज्यादतीविरुद्ध उत्रिएको बताउँछन् ।