Breaking

प्रतिनिधि सभामा बजेटमाथिको छलफल सकिंदै


काठमाडौँ – प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सकिंदैछ ।

मंगलबार गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको बजेटमाथि छलफल हुँदैछ ।

मंगलबार मन्त्रालयगत छलफल सकिएपछि बुधबारबाट सम्बन्धित मन्त्रालयले जवाफ दिने सम्भावित कार्यसूची छ ।

बुधबार, बिहीबार र शुक्रबार सम्बन्धित मन्त्रीहरुले सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिनेछन् । शुक्रबार नै बजेट पारित गर्ने संसदीय क्यालेन्डर छ ।