Breaking

न्यायिक विचलनको आरोप, वरिष्ठतम् न्यायाधीशलाई कारबाही गर्न डा. केसीको माग


काठमाडौँ – चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले सर्वोच्च अदालतको संयुक्त इजलासको एउटा फैसलाप्रति न्यायिक विचलनको आरोप लगाएका छन् । मेडिकल शिक्षासँग सम्बन्धित मुद्दामा सर्वोच्चले चिकित्सा शिक्षा ऐन तथा नियमावलीको ठाडो उल्लंघन गर्दै फैसला गरेको उनको आरोप छ ।

मंगलबार विज्ञप्ति जारी गर्दै उनले उक्त फैसलाले चिकित्सा शिक्षा आयोगको अस्तित्वमाथि थप प्रहार गरेको जिकिर गरेका छन् । उक्त इजलासका वरिष्ठतम् न्यायाधीशलाई न्यायसम्पादन कार्यबाट अलग गर्न डा. केसीले माग गरेका छन् । ती न्यायाधीशमाथि थप कारबाही अघि बढाउन उनले न्याय परिषद्को ध्यानाकर्षण समेत गराएका छन् ।