Breaking

सरकार र ट्यांकर मजदुरबीच सहमति, आजैबाट पेट्रोलियम पदार्थ आपूर्ति हुने


काठमाडौं । सरकार र आन्दोलनरत पेट्रोलियम ढुवानी व्यवसायीबीचको छलफलमा सहमति जुटेसँगै आजैदेखि पेट्रोलिमय पदार्थको आपूर्ति सहज हुने भएको छ ।

नेपाल आयल आयल नियमका नायब कार्यकारी निर्देशकको संयोजकत्वमा एक समिति गठन गरी १५ दिन भित्र मजदुरका माग सम्बोधन गर्ने र आजैदेखि पेट्रोलियम पदार्थको ढुवानी सुचारु गर्ने सहमति भएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा यस्तो सहमति जुटेको हो ।

यससँगै थानकोट डिपोबाट अब निजी पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थको आपूर्ति हुनेछ । पेट्रोलियम पदार्थ आपूर्ति नहुँदा आइतबारदेखि नै काठमाडौंका निजी पेट्रोल पम्पले पेट्रोल वितरण बन्द गरेका थिए ।