Breaking

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध


काठमाडौँ पहिरो गएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

आइतबार राति २ बजेतिर वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्गको मुग्लिङ-नौबिसे सडक खण्ड अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिङका अनुसार चितवनको इच्छाकामना-३ फिस्लिङ र मोवाखोलाको बीचमा पहिरो खसेको छ ।

पहिरो गएलगत्तै रातिदेखि नै लेदो पन्छाउने काम सुरु भए पनि सडक खुलेको छैन । सडक सञ्चालन गर्न केही समय लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख निरला भण्डारीले जानकारी दिइन् ।