समाज

पहिरोको जोखिमा रहेको ६० परिवारलाई सुरक्षित ठाउँमा सारियो


पाँचथर । पहिरोको जोखिम बढेपछि पाँचथरको याङवरक गाउँपालिका ३ का ६० घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । साविक ओयाम गाविसका चोथ्रोक, फाक्लुङमा बसोबास गर्दै आएका ती घर परिवारलाई वडा कार्यालय, गाउँपालिका र प्रहरीको सहकार्यमा सुरक्षित ठाउँमा सारिएको हो ।

चोथ्रोकका नागरिकलाई नजिकै रहेको सेमिच्याङ भवन र फाक्लुङका स्थानीयलाई सिरान गाउँका स्थानीयको घरमा सारिएको गाउँपालिकाले जनाएको छ ।