Breaking

धितोपत्र बोर्डको अध्यक्षको उम्मेदवार अन्तर्वार्तामा गएनन्


काठमाडौं । धितोपत्र बोर्डको अध्यक्षको लागि पहिलो चरणमा छनिएका पाँच उम्मेदवारमध्ये तीन जना नै अन्तर्वार्तामा सहभागी भएनन्।

छानिएकामध्ये सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्रै अन्तर्वार्तामा उपस्थित भए । हाल नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज श्रेष्ठ र बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवि चापागाई भने अन्तर्वार्तामै सहभागी भएनन्।

नेपाल धितोपत्र बोर्ड ऐन अनुसार छनोट समितिले बोर्डको अध्यक्षको नियुक्तिको लागि कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था गरेको छ।