Breaking

९४ करोड बढी ठगी आरोपमा सहकारीका अध्यक्षसहित ४ जना सार्वजनिक


काठमाडौं । वचतकर्ताहरुको रकम अपचलन गरेका कृषि सहकारीका अध्यक्षसहित ४ जना सञ्चालकलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा वर्ष ४३ का तेजविक्रम थापा, वर्ष ४४ की सजना राजकर्णिकार, वर्ष ४७ का सञ्जय सापकोटा, वर्ष ५३ का भीमसेन महर्जन रहेको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले बताए ।

तनहुँका थापा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हुन् भने काठमाडौं गोकर्णेश्वरकी राजकर्णिकार संस्थाकी व्यवस्थापक हुन् । त्यस्तै काठमाडौं कीर्तिपुरका महर्जन र काठमाडौं चाबहिलका सापकोटा संस्थाका सदस्य रहेका छन् । निजमाथि जिल्ला प्रहरी परिसर काठमाडौंमा २६ लाख ६६ हजार ६६६ मा बैंकिङ कसुर मुद्दाहरु रहेका छन् । उनीहरुमाथि ५ सय ६६ जनाले जाहेरी दर्ता गरेका छन् ।

उनीहरुले ९४ करोड २३ लाख ४२ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।