Breaking

रविको ठोकुवा, ठूला नेता थुन्ने दिन आउँदैछ, प्रचण्डको सत्ता छोड्न विराजको राजीनामा पत्र ? (भिडियोसहित)


काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी स्थापनाको दोस्रो वर्ष देशभर साताव्यापी कार्यक्रम गरेर मनाउँदै छ । पार्टीको सांगठनिक संरचनादेखि सत्ताको सकसपूर्ण यात्रामा रहेको रास्वपा पार्टी स्थापना भएको दुई बर्षमै हायलकायल देखिन्छ । पार्टी संरचना र सत्ता सहकार्यवारे नेताहरुबीच मतभेदको खाडल बढ्दो छ । आशा र आलोचनाको चौघेरामा रहेको रास्वपाको राजनीतिक रणनीतिकवारे आम चासो चुलिदो छ ।।

२०७९ असार ७ मा रवि लामिछानेको नेतृत्वमा गठित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको दुई बर्ष पूरा हुँदैछ । पार्टी स्थापनाको दोस्रो वर्ष रास्वापाले देशभर साताव्यापी कार्यक्रमको थालनी नै गरिसकेको छ । पार्टी स्थापना लगत्तै भएको संसदीय चुनावमा रास्वपा जनताको मन र मत जितेर चौथो शक्ति बन्न सफल भयो । संसदीय अंकगणितको बलमा सत्ताको रगजगमा सहभागी भयो । विडम्बना सरकारमा सहभागी भएर गृहकार्य समेत राम्रो गर्न नपाउँदै करिब दुई महिनामै सभापति रवि लामिछानेको नागरिकता प्रकरणले रास्वपा सत्ताको रिङ बाहिर पुग्यो । रास्वपामाथीको राजनीतिक घेराबन्दी थप कसिलो बन्यो । तर रास्वापाले हार मानेन । चितवन र तनहुँमा चुनावी बाजी मार्दै उपचुनावमा रास्वपाको उदय जवरजस्त रह्यो । अहिले संसदीय अंकगणितको आडमा रास्वापा दोस्रो पटक सत्ताको सुख सयलमा छन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत फागुन २१ मा सत्ताको काँध फेर्दा रास्वपा फाइदामा रह्यो । सत्तामा रास्वपाले सय दिन अर्थात हनिमुन पिरियड पुरा गरेको छ । यो अवधिमा रास्वपाका मन्त्रीहरुको प्रगति फेरिस्ता पनि उहि जोगि आएपनि कानै चिरेको भन्ने साबित भइरहेको छ । सहकारीदेखि सरुवा बढुवासम्मै सभापति लामिछानेले गृहमन्त्रालय गिजोलेकै छ । शिक्षामा शत्रु कमाउने बाहेक सुमना श्रेष्ठको अरु उपलब्धि देखिएको छैन । खेलकुद क्षेत्रको जिम्मेवारी पाएका खेलकुद मन्त्री विराजभक्त सय दिनमै विरक्तिएका छन ।

रास्वपाका चार थान मन्त्री चौरतर्फी घेराबन्दी छन । काम कम हल्लावाजीमै समय विताई रहेका छन । सत्ता–गठबन्धनको गठजोड र पेलानका कारण काम गर्न नसकेपछि मन्त्रीहरु आफै रुष्ट छन । केहि गरिछाड्ने हुटहुटीसहित सरकारमा सहभागी भए पनि काम गर्न नसक्दा मन्त्रीहरु आजित भईसकेका छन । सत्ता राजनीति रास्वपाका लागि झन झन असहज बनिरहेको छ । आशा र आलोचनाको चेपुवामा रास्वपा फसेको देखिन्छ । फलत सत्ता राजनीतिमा देखिएको संकटले पार्टी सत्ता समेत थप पेचिलो बनिरहेको छ । पार्टी विभाजनको बहस पचाई सकेका छन । पार्टीपंक्तिमा राजनीतिक असन्तुष्टि बढ्दो छ । यसको बाबजुत पार्टी संगठन र कार्यकर्ता जोड्ने सवालमा भने रास्वपा पुरातन र पुराना पार्टीकै सिको गर्ने अवस्थामा पुगेको देखिन्छ । पार्टी संगठनमा जोडिएका कार्यकर्तालाई झोले कार्यकर्ता भन्दै विरोध नै गर्न भ्याएको रास्वपा अन्तत संठगनमै गएर ठोक्किएको छ । जहाँ पार्टीको संगठन विस्तार आक्रमक बनाउने अर्थात कार्यकर्ता थुपार्नु पर्ने निष्कर्ष रास्वपाको छ ।

पार्टी स्थापनाको दुई पुगे पनि प्रदेश संरचनावारे रास्वपा अझै अन्यौल छ । राजनीतिक, सैद्धान्तिक र वैचारिक दृष्टिले पनि रास्वपामा गम्भीर द्विविधा, अन्यौल र अन्तर्विरोध कायम देखिन्छ । फलत रास्वपाले अनेक विवाद, संकट र समस्या झेल्दै आएको छ । दुई वर्षमै अनेकन राजनीतिक उतारचढापको सामाना गर्दै आएको रास्वपा नेतृत्व अत्तालिएको छ तर हार मान्ने पक्षमा भने छैन् । सरकारमा रहेर पनि केहि गर्न नसकेको स्वीकार गरेका पार्टी सभापति एवंम उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेता कार्यकर्ता फकाउनु पर्ने अवस्थामा छन् ।

पार्टी स्थापना देखि नै रास्वपा नेतृत्वमा काम कम, प्रोपोगाण्डा र भाइरल हुने प्रवृत्ति हाबी भएको विश्लेषण भइरहेका छन् । अवसर पाएर पनि रास्वपाले काम गर्न नसकेको विश्लेषकहरुको बुझाई छ । नेतृत्व पंक्ति तथा पटकपटक अवसर पाएर पनि डेलिभरी गर्न नसकेको नेतृत्वप्रति जनतामा ठूलो वितृष्णा, आक्रोश र असन्तुष्टि भएका कारण रास्वपाले नकारात्मक र निराशा बाँडेको उनीहरुको बुझाई छ ।

पार्टीको सांगठनिक संरचनादेखि सत्ता सकसले रास्वपा हायलकायल छ । नेता कार्यकर्ताबीच असन्तुष्टिको चाङ चुलिँदो छ । पुराना दलहरुको लखेटाई कम हुने अवस्था झन फराकिलो हुँदै गएको छ । डेलिभरी दिन नसक्दा जनमत खस्कँदो छ । जुन इलाम उपचुनावको नतिजा पछिल्लो उदाहरण मान्न सकिन्छ । यस्तो अवस्थामा वैकल्पिक शक्तिको हुँकार गर्दै राजनीतिमा पुराना दललाई धक्का दिएर आफ्नो अस्तित्व स्थापित गर्न रास्वपा कति सफल हुन्छ आम चासो छ ।।