Breaking

माओवादीमा फुटको संकेत, संकटमा प्रचण्ड, जनार्दनको गोप्य भेलामा को–को थिए सांसद ? (भिडियोसहित)


काठमाडौँ— अरु दल फुटाउँदै सत्ता जोगाउने रणनितिमा लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पार्टिभित्र घेराबन्दीमा पर्न थालेका छन् । विशेषत जनार्दशन शर्मा सहितका नेता उनी विरुद्ध देखिदाँ पार्टिभित्रको असन्तुष्टि प्रदेश सरकार विस्तार देखि बजेटकै विषयमा समेत देखिएको छ । अर्थात विपक्षीले भन्दा बलियो प्रश्न आफ्नै नेताहरुले उठाउन थालेपछि माओवादीमा के पाक्दैछ भन्ने चासो बढेको हो ।

पार्टिको नेतृत्व निर्विकल्प आफू भएको भन्दै आएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टिभित्रैकै असन्तुष्टि भारी पर्ने सम्भावना बढेको छ । आफूले जे भन्यो त्यहि हुने भन्दै आफूखुसि निर्णय गर्ने उनको शैली पदप्राप्त गर्ने शैलीको उपज भएको पार्टिभित्रै प्रश्न छ भने वामएकता नहुने भए कहिलेसम्म एमाले बोक्ने भन्ने अर्को प्रश्न छ । त्यस्तै जनयुद्धको अपराधिकरण,सहयात्री दलहका नेताहरुको विवादको समेत वोझ बोक्दिनुपर्ने तथा उल्टै माओवादीका नेताहरु पक्राउ पर्ने अवस्थाले एक हिस्सा पहिलेबाटै असन्तुष्ट रहँदै आएको छ । त्यसमा सरकारको नेतृत्व हुनु नहुनुले पार्टिलाई प्रभाव नपार्ने अर्को अवस्थाले समेत असन्तुष्ट यो पक्ष कसैका लागि सत्रि गईदिनुपर्ने भन्ने अवस्थामा पुगेको हो । यद्यपि मुखै फोरेर प्रचण्डविरुद्ध जान नसक्ने अवस्थामा नेताहरु रहँदा उपमहासचिव जनार्दन शर्मा भने मुखर नै सुनिन थालेका छन् । जसको सुरुवात बजेटको आलोचनाबाट शुरु गरेका उनले सरकारले २५ हजारदेखि एक लाखका योजनाहरु संसद्मा प्रस्तुत गरेर संघीयताको उपहास गरिरहेको आरोप नै लगाए । एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेट माओवादीमुखि भएको भन्दै आलोचना गर्दा शर्माले प्रचण्डले गत वर्षमा आगामी वर्षको बजेट नयाँ ढंगले प्रस्तुत गर्ने भनेर गरेको प्रतिबद्धता र घोषणा कार्यान्वयन नभएको भन्दै बजेट निर्माणको विषयमा गम्भीर समीक्षा गर्न जरुरी रहेको बताए । भन्सार दर हेरफेरमा समेत प्रश्न उठाएका उनले सार्वजनिक कार्यक्रमबाटै स्पन्ज आइरनमा भन्सार वृद्धि औद्योगिकीकरण विरुद्ध भएको भन्दै आलोचना नै गर्न भ्याएका छन् । यसलाई अर्थमन्त्री वर्षमान पुनसंग विगतबाटै देखिएको उनको प्रतिस्पर्धाको उपज मान्ने हो भने पनि शर्र्मा प्रचण्डमाथि नै पनि ठाडो प्रश्न गर्दै आएका छन् ।

नितिगत रुपमै पार्टिको रुपान्तरण हुनुपर्ने बताउँने शर्मा यसैपनि सबै पदमा महाधिवेशनबाट प्रत्यक्ष निर्वाचित भएर आउनुपर्ने, मनोनयन र चयन बन्द गर्नुपर्ने प्रस्ताव अघि सारेर प्रचण्ड तर्साएकै पात्र हुन् । अर्कातर्फ आफूविरुद्ध गए मोहन वैद्य र नेत्रविक्रम चन्दको हालत बनाईदिने भन्दै प्रचण्डले घुमाउरो पाराले दिएको चेतावनीले शर्माको आक्रोश अझ बढेको छ । त्यसमा उनको गृह प्रदेश र माओवादीको आधार क्षेत्र कर्णालीकै नेतृत्व एमालेलाई दिएको विषय उन पच्न सकिरहेको छैन् । फलत ः शर्माले अहिले जति सफाइ दिए पनि आफ्नो पक्षमा कति सांसद छन् भनेर छलफल नै चलाए भने पार्टीमा पनि कसरी प्रचण्डलाई अप्ठेरो पार्ने भनेर योजना बनाएपछि प्रचण्ड कडा रुपमा उत्रिन थालेको माओवादीकै नेताहरुले बताउने गरेका छन् । जहाँ माओवादी नेता लेखनाथ दाहाल भने यसमा सत्यता नभएको बताउँछन् । कसलाई कसरी मिलाएर जाने भन्ने प्रचण्डले जानेको र नेतृत्वमा उनको विकल्प नभएको बताउने दाहालले पार्टिमा त्यस्तो केहि समस्या नहुने दाबी गरेका छन् ।

हुन त आफू अफ्ठेरोमा परेपछि प्रचण्डले नै पार्टि देखि सरकार र व्यवस्था धरापमा परेको हल्ला गर्ने गरेको विश्लेषण समेत हुँदै आएको छ । अहिले रास्वपाका मन्त्रीहरुले विश्वासको मतको समिक्षा गर्ने टिप्पणीमा उत्रिएका छन भने एमालेले पनि सरकार चलाउन सहयोग नगरेको बुझाईमा माओवादी नेताहरु छन् । यसले अहिले चलेको हल्ला प्रचण्डले नै चलाएको हुनसक्ने एकाथरीको बुझाईकाबीच शर्माले चाहे पार्टि फुटाउन सक्ने सांसद रहेको दाबी गरिन्छ । यसले माओवादीमा पाकेको खिचडी मन्त्री फेरिदा समेत आफू जान नपाउने अवस्था,कर्णालीमा प्रचण्डले गरेको एकलौटि निर्णयमा शर्माले गरेको विरोधमात्र भएको बुझ्न गाह्रो छैन ।