अमेरिका र वेष्ट इन्डिजमा जारी आईसीसी टी– २० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ ।
वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रीकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनायो। यस्तै, नेपालले एक परिवर्तन गरेको छ ।
स्पिनर सन्दीप लामिछाने नेपालको प्लेइङ–११ मा हुँदा सागर ढकाल बेन्चमा छन् । दक्षिण अफ्रिका ३ खेलमा ६ अंकका साथ समूह डी मा शीर्षस्थानमा छ । दक्षिण अफ्रिका एक खेल अगावै सुपर–८ मा पुगेको छ । दक्षिण अफ्रिकालाई यस खेल सुपर ८ अघिको तयारी हुनेछ । दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेट, नेदरल्यान्ड्सलाई ४ विकेट र बंगलादेशलाई ४ रनले हराएको थियो ।
नेपाल २ खेलमा १ मा हार र १ खेलमा रद्ध हुँदा १ अंकका साथ चौथो स्थानमा छ । सुपर ८ को अंक गणीतिय सम्भावना कायमै राख्न नेपालले आजको खेल जित्नुपर्छ । यदि नेपाल पराजित भएमा आधिकारिक रुपमा बाहिरिनेछ । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । श्रीलंकासँग वर्षाको कारण टस पनि हुन नसक्दा अंक बाँडेको थियो ।
प्रतिक्रिया