Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

सामाजिक सुरक्षा भत्ताका लागि तत्काल राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा धेरैलाई समस्या भयो : सांसद ऋषिकेश पोखरेल


काठमाडौँ— सांसदहरुले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने प्रावधान तत्कालका लागि रोक्न माग गरेका छन् ।

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र र बायोमेट्रिक चाहिने भन्दा धेरैलाई समस्या भएको बताए ।

यसो गर्दा बिरामीहरू, बृद्धबृद्धाहरु आफैं जानुपर्ने अवस्थाले समस्या भएको उनले बताए । राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा पनि कतिपय ठाउँमा समस्या भएको उनले बताए ।

पूर्वतयारी गरेर अर्का वर्षदेखि लागू हुने गरी तत्कालका लागि यो कार्य रोक्न उनको माग छ । एमालेकै सांससद विद्या भट्टराईले आफैं उपस्थित हुनुपर्ने भएका कारण सामाजिक सुरक्षा भत्ता लिन अक्सिजन सिलिण्डर लिएर वडा कार्यालय पुग्नु परेको देखिएको बताइन् । सरकारले प्रयाप्त छलफल गरेर कुनै पनि योजना लागू गर्नुपर्ने उनको सुझाव छ ।