काठमाडौँ— टी ट्वान्टी विश्वकप क्रिकेटअन्तर्गत नेपाल र श्रीलंकाबीचको समूह चरणको खेल वर्षाका कारण रद्द भएको छ । आज बिहानका लागि तय खेल वर्षाले रद्द भएसँगै नेलाल र श्रीलङ्काले १:१ अंक बाँडेका छन् । अंक बाँडेको श्रीलङ्का अंक तालिकाको पुछारमा छ । दुई खेलमा पराजय व्यवहोरेको श्रीलंकाले अब नेदरल्यान्ड्ससँग खेल्न बाँकी छ । यता नेपालको भने सुपर आठमा पुग्ने आशा अझै जीवितै छ । तर दुई खेल जित्नै पर्ने दबाबमा रहेको नेपाल सुपर–आठमा पुग्ला त ?
नेपाल र श्रीलंकाबीच टी ट्वान्टी–२० विश्वकप क्रिकेटअन्तर्गत समूह चरणको खेल वर्षाका कारण रद्द भयो । रद्द भएसँगै नेपाल र श्रीलंकाले एक–एक अंक बाँडे । एक अंक प्राप्त गरेको श्रीलंका भने अंक तालिकाको पुछारमा छ । नेपालविरुद्ध श्रीलंकाका लागि जित्नै पर्ने दबाब थियो । यसअघि श्रीलंकाले पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेटले पराजय बेहोरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको थियो । लगातार दुई खेल गुमाएपछि नेपालविरुद्ध जित्नै पर्ने र दुई अंक जोड्नै पर्ने दबामा श्रीलंका थियो । तर वर्षाका कारण खेल रद्द भएपछि श्रीलंकाको विश्वकप यात्रा संकटमा परेको छ । यता श्रीलंकाविरुद्धको खेलमा नेपाली टिमलाई दर्शकको साथ र माया भने कम थिएन । देशलाई छोडेर सात समुन्द्र पारी आफ्नो भविश्यको खोजीमा रहेका नेपालीले देखाएको माया र हौसला नेपाली टिमका लागि महत्वपूर्ण थियो । देशको मायाले छपक्कै छोपेका ती दर्शकहरु पानीमा भिज्दै भए पनि नेपाली खेलाडीलाई हौसला दिन खेल मैदानमा पुगे ।
त्यसो त नेपालले एक अंक प्राप्त गरे पनि नेपालसामु चुनौतीका चाङहरु कम छैनन् । अब नेपालले दुबै खेल जित्नै पर्ने दबाब छ । दुबै खेल नेपालले जिते नेपाल सुपर आठमा जाने छ । तर नेपालले विश्व क्रिकेटका बलिया टिम दक्षिण अफ्रिका र बंगलादेशसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । यी दुवै खेल वेस्ट इन्डिजमा हुनेछन् । यी खेलमा लेग स्पिनर सन्दीप लामिछाने उपलब्ध हुने निश्चित भइसकेको छ । यता कप्तान रोहितकुमार पौडेलले नेपाली टिममा स्पिनर सन्दीप लामिछाने जोडिनुले धेरै फाइदा हुने बताएका छन् । सन्दीपको आमनसँगै केही आश जगाएको छ । तर दक्षिण अफ्रिका र बंगलादेश जस्तो टिमको सामना गर्नुपर्दा नेपाली टोलीले कडा मेहनत गर्नु पर्ने छ ।
दुई खेलमा नेपाल एक अंकका साथ चौथो र तीन खेलमा एक अंक जोड्दै श्रीलङ्का अंक तालिकाको पुछारमा छ । नेपाल रहेको समूह डीबाट साउथ अफ्रिका सुपर – आठ मा प्रवेश गरिसकेको छ । नेपाल र श्रीलंकाको खेल रद्द भएपछि साउथ अफ्रिका एक खेल अगावै माथि उक्लेको हो । यस विश्वकपको सुपर– ८ मा पुग्ने पहिलो टोली साउथ अफ्रिका बनेको छ । अब दोस्रो स्थानका लागि बंगलादेश, नेदरल्यान्डस्, श्रीलङ्का र नेपाल प्रतिस्पर्धामा छन् । दुई खेलमा एक जितसहित २ अंकसहित एक जित हासिल गरेका बंगलादेश र नेदरल्यान्डस् क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । सुपर – आठ मा बंगलादेश र नेदरल्यान्ड्समध्ये एक टोलीको सम्भावना बलियो देखिन्छ । श्रीलंकको गणितीय सम्भावना बाँकी छ । तर त्यसको लागि अरू टीमको नतिजामा भर पर्नुपर्छ । नेपालको सम्भावना पनि निकै कठिन छ । नेपालले अब जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग खेल्ने तालिका छ । नेपाललाई सुपर– आठ पुग्न बाँकी खेल जित्नुको विकल्प छैन । उक्त जितले मात्र पुग्ने छैन । दुई खेल खेल्न बाँकी नेदरल्यान्ड्सले कम्तीमा एक खेल हार्नुपर्ने हुन्छ । नेदरल्यान्ड्सले दुवै खेल जितेमा वा नेपालले एक खेल हारेमा पनि नेपालको सुपर–आठ मा पुग्ने सम्भावना सकिनेछ । यस्तै दुई खेल खेल्न बाँकी रहेको बंगलादेशले पनि एक खेल हार्नुपर्छ । तर, नेपालले बलिया राष्ट्र दक्षिण अफ्रिका र बंगलादेशसँग जित निकाल्न त्यति सहज छैन ।
प्रतिक्रिया