Breaking

सेयर बजार परिसूचक नेप्सेमा लगातार तेस्रो कारोबार दिन पनि वृद्धि


काठमाडौँ— सेयर बजार परिसूचक नेप्सेमा लगातार तेस्रो कारोबार दिन पनि वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन एकल अंकको सामान्य गिरावट भएको बजार परिसूचक नेप्से त्यसयताको ३ कारोबार दिनमा भने वृद्धि भएको हो ।

मंगलबार ३३.१५ अंकले बढेको नेप्से बुधबार ६.३७ अंक ९०.३०० प्रतिशतले वृद्धि भएर २१२१.६२ को बिन्दुमा बन्द भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ५ अर्ब ४९ करोड बराबर कारोबार भएको बजारमा मंगलबार साढे ५ अर्ब नाघ्दा आज करिब ६ अर्बको कारोबार भएको छ ।

आज ७४ हजार ८ सय ५४ वटा कारोबारमा १ करोड २९ लाख ५० हजार ४०७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ५ अर्ब ८९ करोड ४१ लाखको कारोबार भएको छ । जसमध्ये एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको २७ करोड ६४ लाखको कारोबार भएको छ ।

त्यस्तै सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य २४ करोड ४८ लाख, ग्रिनलाइफ हाइड्रोपावर कम्पनीको १९ करोड ९५ लाख, माउन्टेन इनर्जीको १४ करोड ३१ लाख र सोनापुर मिनिरल्स एन्ड आयल कम्पनीको १४ करोड ३ लाखको कारोबार भएको छ ।

आज बजारमा फाइनान्स कम्पनीसँगै बैंकिङ र लघुवित्तले उपसूचकले साथ दिएको छ । हाड्रोपावर, निर्जीवन बीमा, व्यापार र होटल तथा पर्यटन उपसूचकमा भने करेन्सन देखिएको छ । हाइड्रोपावर उपसूचक लगातार ४ कारोबार दिन बढेर आज करेक्सन देखिएको हो । ‘ट्रेडर’ हाबी भई लकइन नखुलेको कम सेयर सप्लाई भएको हाइड्रोपावर कम्पनीको सेयमूल्य कर्नरिङ गरेर बढाइरहेकोमा आज भने हाइड्रोपावर उपसूचकमा करेक्सन देखिएको हो । यस्तै लघुवित्तमा पनि कम चुक्ता पूँजी भएर सेयर सप्लाई कम भएको कम्पनीको सेयर मूल्यमा ‘ट्रेडर’ हाबी भएको देखिन्छ ।

वित्त कम्पनी उपसूचक सर्वाधिक १.०७ प्रतिशतले वृद्धि हुँदा बैंकिङ उपसूचक ०.८३ प्रतिशत र लघुवित्त उपसूचक ०.८८ प्रतिशतले बढेको छ ।

हाइड्रोपावर उपसूचक सर्वाधिक ०.६१ प्रतिशतले गिरावट हुँदा निर्जीवन बीमा उपसूचक ०.४८ प्रतिशत, व्यापार उपसूचक ०.३६ प्रतिशत र होटल तथा पर्यटन उपसूचक ०.१८ प्रतिशतले गिरावट भएको हो ।

आज बजारमा कुल २४७ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा ११९ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै ११५ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा १३ कम्पनीको सेयरमूल्य स्थिर छ ।