काठमाडौँ – बजेटको मन्त्रालयगत छलफलमा सांसदहरुले छुट्टी नपाउने भएका छन् । प्रतिनिधि सभामा आजदेखि बजेटको मन्त्रालयगत छलफल सुरु हुँदैछ । असार ७ गतेसम्म हरेक दिन निरन्तर छलफल चलाउने र बजेट पारित गरेपछि मात्रै प्रतिनिधि सभाको अर्को बैठकका लागि केही दिन ग्याप राख्ने गरी संसदीय क्यालेन्डर तय भएको छ ।
संसद सचिवालयले तयार पारेको क्यालेन्डर अनुसार असार ७ गते बजेट पारित भएपछि पाँच दिन छुट्टी पाउनेछन् । असार ७ गतेपछि प्रतिनिधि सभाको अर्को बैठक असार ११ गते राख्ने कार्यतालिका छ ।
मंगलबार प्रतिनिधि सभामा मंगलबार चार वटा मन्त्रालय अन्तर्गत विनियोजन भएको बजेटमाथि छलफल गर्ने कार्यसूची छ । जसमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय रहेका छन् ।
बुधबार सहरी विकास, रक्षा, महिला, बालबालिका तथा जेष्ठ नागरिक र कानुन न्याय तथा तथा संसदीय मामिला मन्त्रालयको बजेटमाथि छलफल हुनेछ ।
प्रतिक्रिया