Breaking

ओलीलाई घेर्दै युवा नेता, काँग्रेसले बालेन बोकेरै तह लगायो, सुमनाका कारण रवि चिढिए (भिडियोसहित)


काठमाडौँ— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नो छुच्चो वोली र शैलीका कारण विवादको घेरामा परिरहने पात्र हुन् । जसलाई पनि च्वास्स भन्ने उनले वानीले सहयात्री भड्किने देखि व्यवहार विग्रिनेसम्मकै अवस्था आईसकेका छन् । यसैको निरन्तरता सुमना देखि वालेनसम्मलाई प्रहार गरेका उनी युवा नेताहरुको घेराबन्दीमा पर्न थालेका हुन् ।

आफ्नै सुरमा काम गरिरहेका काठमाडौँ महानरपालिकाका मेयर वालेन्द्र शाह उर्फ वालेनलनाई केहि साता अघि ओलीले च्वास्स प्रहार गरे । नफुट्ने तवला उपहारबाट शुरु भएको उनीहरुको सम्बन्ध खासै उतारचढावपूर्ण थिएन् । विशेषत केन्द्र सरकारसंग भिड्ने वालेन त्यसैको नेतृत्वमा नभएका कारण एमालेसंग भिड्नुनपर्ने आवश्यकतामा पनि थिएनन् । बरु नयाँ भनिएको रास्वपाबाटै गृहमन्त्री बनेका रवि लामिछानेसंग वालेन वेलावेला रुष्ट बन्ने गर्दा ओलीसंग उनको गोरु वेचेको साईनो पनि थिएन् । भिडने नै हो भने एमालेबाट जितेकी उपमेयर सुनिता डंगोल थिइन । अरु १२ जना वडाध्यक्ष थिए । तर आफै अघि सरेर
१९ जेठमा राष्ट्रिय युवा संघको कार्यक्रमा ओलीले बालेनको नाम नलिइ आलोचना गरे । सडक विभागमा फोहोर फालेका वालेनविरुद्ध आलोचना गरेका उनले त्यसअघि नै सुकुम्बासी वस्ती उठाउने कदमप्रति पनि प्रहार गरेका थिए । जुन न्यूरोडको फुटपात निर्माणसम्म पुग्दा आमनेसामनेकै स्थिती बन्दा वालेन पनि राजनीतिक प्रतिवादमा उत्रिए । गिरिबन्धु टिस्टेटको कुरा सामाजिक सन्जालबाट उचाले । हुदाँ हुदाँ यसविषयमा प्रश्न गर्दा ओली –वालेनसंग सोध्नुपर्ने भन्दै आक्रोशित नै भए ।

कहानी यतिमै सकिएको छैन । शुक्रबार उनले बालेन साहलाई झिँगाको संज्ञा दिएका छन् । चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीको प्रश्नमो कसैसँग आफूले अनावश्यक विवादमा गर्न नचाहेको बताएका उनले झिगाँले चार लाति हाने भनेपनि भैसीलाई थाहा नै नहुने बताए । यो वालेनको पाटो भयो । उनको छुच्चो वोली आफ्नै सत्तासहयात्री दल रास्वपाबाट मन्त्री बनेकी सुमना श्रेष्ठमाथि पनि रोकिएन् । रविका लागि काधै थापेका ओलीले मन्त्रीमध्ये राम्रै काम गरिरहेकी सुमनामाथि भद्दा टिप्पणी गरे । विद्यालय व्यवस्थापन समिति महासंघका प्रतिनिधिसँगको भेटमा सुमना श्रेष्ठको नाम नलिइकन स्त्रीद्वेषी अभिव्यक्ति दिएका उनले त्यसको विरोध भएपनि रोकिने छाट देखाएनन् । बरु गत शनिबार सार्वजनिक रूपमै उनले त्यो भनाइ दोहो¥याए । जसबारे रास्वपा सांसद शिशिर खनालले संसदमै प्रश्न उठाँउदा ओली नयाँ र काम गर्नसक्ने युवासंग चिढिएको पक्का भएको छ । नत्र यसमा उनको किन चासो भन्ने प्रश्न यसले उब्जाउँदा नेपाली कांग्रेसका महामन्त्री गगन थापा समेत सुमनाको पक्षमा उभिएका छन् । जसले ओली भर्सेस युवा नेताकै जस्तो परिस्थिती बनेको हो ।

हुन त इलाममा सुहाङ नेम्बाङलाई चुनाव लडाएर,महेश वतौला र सुनिता बराल जस्तालाई संसदीय दलमा जिम्मेवारी दिएर उनी युवा परिचालनको ध्वास दिईरहेका छन् । जसलाई उनकै वोली र व्यवहारले खण्डन गर्दा सहयात्री अन्य माथि पनि उनी तितो बोल्ने व्यक्ती नै हुन । अहिले काध हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुन कि माधवकुमार नेपाल दुबैमाथि अराजनीतिक टिप्पणीको निशाना बनाएका उनी अव युवामाथि पनि जाईलाग्न थालेका छन् । जसले सत्ताकै ठूलो दल एमालेको अध्यक्ष र पूर्वप्रधानमन्त्रीको उनको हैसियतलाई नै कुरीकुरी गरिरहेको छ ।