काठमाडौँ— आठौं प्रधानमन्त्री कप भलिबल लिगमा महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
पुलिसले लिगमा अपराजित रहँदै फाइनल पुगेको एभरेष्ट भलिबल क्लब बुटबललाई ३–२ ले पराजित गरेको हो । पुलिसले एभरेष्टलाई २५–२१, २५–२३, २०–२५, २०–२५ र १५ –१२ को सेटमा पराजित गरेको हो ।
पहिलो र दोस्रो सेटमा लगातार जित हात पारेको पुलिसले तेस्रो र चौथो सेट भने गुमायो । पाचौं सेट जित्दै डिफेन्डिङ च्याम्पियन पुलिसले उपाधि रक्षा गरेको हो ।
सातौं प्रधानमन्त्री कपमा एपीएफलाई हराउँदै च्याम्पियन बनेको पुलिसले गत चैतमा सम्पन्न आरबीबी भलिबल लिगमा भने एभरेष्टसँग पराजित हुँदै उपबिजेतामा चित्त बुझाएको थियो ।
प्रतिक्रिया