Breaking

सीके बने मधेशको मसिहा, मधेशी भिडाउन सफल ओली–प्रचण्ड, संकटमा जसपा र लोसपा


काठमाडौँ – मधेशको क्षेत्रीय राजनीतिबाट उदाएर केन्द्रमासमेत आफ्नो हैकम स्थापित गरेका जनमत पार्टीका अध्यक्ष सीके राउत राजनीतिक सफलता उन्मुख छन् । नयाँमध्येमै पनि बढी रणनीतिक देखिएका उनले कांग्रेस होस् या एमाले दुबैलाई कजाएर सत्तामा स्थान बनाए । आफू किङमेकर बनेर बाहिरैबाट खेलेका उनी अब त आफ्नै राजनीतिक भूमि मधेशमै त्यहाँको मसिहा ठान्ने शक्तिलाई पाखा लगाउन सफल भएका छन् ।

कुनै बेला देश नै टुक्राउने भन्दै पृथकताको आन्दोलनमा होमिएका डा. सीके राउतले एकपछि अर्को राजनीतिक सफलता प्राप्त गरिरहेका छन् । तत्कालीन प्रधानमन्त्री केपी ओलीमार्फत नै राष्ट्रिय राजनीतिमा होमिएका उनको पार्टी जनमतले मधेशमै विकल्प कै संकेत गरिसकेको थियो । एकातर्फ मधेशवादी दलहरुको टुटफुट अर्कातर्फ सधैँ एउटै कुराको ब्याज खाने नेताहरुको चङ्गुलबाट मधेशलाई छुटाएका उनले त्यहीको मसिहा ठान्ने उपेन्द्र यादवलाई नै धुलो चटाइ दिएका थिए । जसले उनको राजनीतिक हैसियत अझ बलियो देखिँदा कांग्रेसँग समेत राम्रो सम्बन्ध बनाएका उनले चाहेकै मन्त्रालय पाए । त्यसमा पनि आफू नगई नेता पठाएर चतु¥याई प्रयोग गरेका उनी नयाँहरुमध्ये पनि सत्ताकै लोभ भएको आक्षेपबाट समेत मुक्त रहे ।

अहिले एमाले माओवादी समिकरण सरकारको समेत अहम शक्ती बनेका उनले उपेन्द्रलाई अर्को झड्का दिएका छन् । अर्थात हिजो आफू हारेपनि विभिन्न उपनिर्वाचनमार्फत संसद यात्रा गरेर उपेन्द्रले त्यो क्षतीको पूर्ती गरे । तर अहिले उनको पार्टीमात्रै फुटेको छैन सरकारबाट बढारिएको छ । त्यो भन्दा महत्वपूर्ण कुरा अहिलेसम्म एकछत्र राज गरेको मधेश प्रदेशमै सिकेको पार्टी सत्ताको नेतृत्वमा पुगेको छ ।

अझ गज्जब त के छ भने संघियता मधेश आन्दोलनकै देन मानिन्छ भने उपेन्द्र त्यसको नेतृत्वकर्ता हुन । फलत ः अरु प्रदेशमा सरकार तलमाथि हुदाँ समेत मधेशमा उनको पार्टीले ७ वर्षसम्म एकछत्र राज गर्यो । तर अहिले सिकेले त्यसलाई हत्यानन् मात्रै कि उपेन्द्रको पार्टीमा रहँदा गाउपालिका चुनाव हारेकालाई मुख्यमन्त्री व्यक्तिलाई नै मुख्यमन्त्री बनाउन सफल भए । जसले मदेशमा यादवले हैसियत कमजोर बनेको प्रष्ट पारेको छ ।

अहिले पश्चिम तराईमा जनमुक्ति पार्टी विकल्पको रुपमा देखा परेपनि रेशम चौधरीको बुढाबुढीको झगडा भन्दा माथि उठ्न सकेको छैन् । जसले आफ्नो क्षेत्र अझ विस्तार हुने आशमा सिके छन् । त्यस्तै यसअघि जसपा फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी लोसपा समे टुक्रा टुक्रा बनिसकेको छ । जसले महन्थ ठाकुरमात्र हैन मधेशमा चर्का भाषण गर्ने राजेन्द्र महतो समेत भित्तामै पुगेका छन् । जसले मधेश बुझ्ने एउटा शक्तीको खाँचो देखिदाँ विगतमा यी सबै दल ठूला दलको चाकरी भन्दा माथि उठ्न सकेका थिएनन् ।

त्यस्तै सत्तामा आफै जानुपर्ने उनको दौडाहाले समेत मधेशवादी दलको ओरालो यात्रामा सहयोग गर्दा त्यसबाट सिकेले पाठ सिकेका छन् । फतल ः ठूला दलनै आफैले प्रयोग गर्ने जस्तो देखिने गरि मधेशमा खुट्टो घुमाईरहेका उनी सचेततापुर्वक कदम चालिरहेका छन् । यद्यपि उपेन्द्र भने उनलाई ठूला दलको प्रयोगको अश्त्र नै भएको तर्क गर्छन् ।

हुन त मधेशका नागरिक क्षेत्रीयताको मुद्दाले केही हुन सक्ने बुझाईमै पुगिसकेका छन् । मधेश नाम राख्नैमा गास बास कपासको पुर्ति हुन नसक्ने भन्ने बहस बलियो बन्दा त्यसको मारमा मधेशवादी भनिने पुराना दल परेका हुन् । जसले तत्कालका लागि जनमतलाई राहत दिए पनि कांग्रेस र एमालेजस्तै पार्टीको शक्ति बढ्दै गएको छ । फलतः कमजोर मधेशी शक्तिको सानो हिस्सा जनमतको साथमा भए पनि यस्ता शक्तिलाई नै प्रयोग गरेर मौलाउने बाटोमा ठूला दल छन् । जसले यही शक्तिकाबीच सीके नपिल्सिएलान् भन्न सकिँदैन ।