Breaking

जसपा नेपालको मुद्दा हेर्दाहेर्दैमा


काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनविरुद्ध परेको रिट हेर्दाहर्दैमा परेको छ ।

आज सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भएको थियो तर सकिएन ।

२३ वैशाखमा जसपा नेपालका ७ सांसदले अशोक राईको नेतृत्वमा नयाँ दल जसपा बनाएका थिए । जसलाई निर्वाचन आयोगले मान्यता दियो । त्यसविरुद्ध जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव अदालत गएका थिए ।