Breaking

भारतको सत्ता उलटपुलटले प्रचण्ड–देउवा–ओलीलाई कस्तो असर ? नाफा–घाटाको हिसाबकिताब (भिडियोसहित)


काठमाडौँ— भारतीय प्रधानमन्त्रीका रुपमा नरेन्द्र मोदी नै तेहरिने सम्भावना उच्च हुँदा यसले नेपाली राजनीतिमा पार्ने प्रभावबारे चासो बढेको छ । निर्वाचनमा ‘अब कि बार, चार सय पार’ भन्ने उनको नारा र उनी जबरजस्त बनेर केही गर्देलान् भन्ने केही नेपाली नेताहरुको आशा एक आपसमा जोडिएका छन् । जहाँ यो निर्वाचन नतिजाले नेपालमा सरकार परिवर्तनकै सम्भावनाको आशा गर्नेहरुसमेत रहँदा उनको खस्किदो हैसियतले भने ठ्याक्कै उल्टो अवस्थामा छन् ।

हिन्दुत्वको मुद्दा उचाल्दै विश्व गुरु बन्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपना मकैको ढोडको खम्बा बनाएर सत्ता टिकाउनु पर्नेतर्फ उन्मुख भएको छ । बहुमतसहित सरकार बनाउने सपनामा एकल सरकार निर्माणको हैसियतसमेत नबनेर पानी खनिएको छ । अब सरकार बनाउन आवश्यक २७२ सिटका लागिसमेत उनले ३२ सिट अरु दलसँग सहयोग माग्नु पर्ने अवस्था आएको छ । जुन उनको एनडीए गठबन्धनमा रहेकाहरुले पल्टु नगरे पुग्ने भएकै कारण उनी प्रधानमन्त्रीमा भने तेहरिने सम्भावना उच्च छ । भलै मुख्यमन्त्रीदेखि प्रधानमन्त्रीकै यात्रामा सत्ताको नेतृत्व गर्दा अरुको साथ चाहिने अवस्था उनी पहिलो चोटी भोग्दै छन् । मुख्य कुरा त अयोध्याकै क्षेत्रमा उनका उम्मेद्वार हारेका छन् भने हिन्दुत्वलाई स्थापित गर्ने उनको सपनामाथि नै प्रहारका रुपमा आलोचक भारतीय मिडियाले यसलाई व्याख्या गरेका छन् । जसले उनी जबरजस्त बन्ने र नेपालमासमेत हिन्दु धर्मसहित राजतन्त्रको उदय हुने सपना देख्नेहरु भने निराश बनेका छन् । त्यस्तै सत्ता नै परिवर्तन हुने केहीको आशा अधुरो हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त तेस्रो कार्यकालका लागि मोदीलाई शुभकामना नै दिइसकेका छन् । त्यसलाई कमजोर नै भए पनि मोदीको सदासयता र भारतका लागि कम्फरटेबल सरकारको सन्देशका रुपमा हेदिँदा उनको नजरमा पर्ने प्रचण्डको प्रयासका रुपमासमेत हेरिएको छ । जहाँ राजनीतिक विश्लेषकहरु समेत एमाले अध्यक्ष केपी ओलीसंग विग्रिएको सम्बन्ध,निर्णय लिन नसक्ने नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको हालतसँगसमेत जोडन्छन् । यसले भारतीय जनता पार्टीको नेपालमा आफ्नै विश्वासपात्र नभए पनि बाध्यता र आवश्यकताले प्रचण्ड नै अहिले बलियो बनेको उनीहरुको तर्क छ ।

हुन त सन् २०१९ मा सबैभन्दा शक्तिशाली बनेका मोदीले जति प्रभाव देखाउनु छ त्यतिबेलै देखाइसकेको समेत विश्लेषण भइरहेको छ । यसको अर्थ अब उनको सिक्का नेपाली राजनीतिमा खासै नचल्ने पक्का हुँदा यो कार्यकालामा उनले बलियो विपक्षीको सामना गर्नुपर्ने छ । त्यस्तै उनका पक्षधर भएका मिडियाहरुले पनि कोल्टे त फेर्ने होइनन् भन्ने शंकालाई बलियो बनाएको छ । यदि त्यसो भए पाँचवटा दृष्टिबाट नेपाल हेर्ने भारतीय नजरमा कर्मचारीतन्त्र बलियो हुने एकथरीको बुझाइ छ । त्यस्तै विपक्षी बलियो बनेको अहिलेको अवस्थाले नेपालमा पनि विपक्षमा रहेकालाई त्राण दिँदा यसले प्रधानमन्त्रीमा प्रचण्डको विकल्प नै खोज्ने अवस्था भने तय नगर्ने उनीहरुको बुझाइ छ । फलतः अब भारतीय प्रभावले नेपालमा ठूला दलहरु एक ठाँउ उभिने अवस्था तय गर्न थालेको उनीहरु तर्क गर्छन् ।

हुन त नेपाल मामलामा भारतीय कांग्रेस, भाजपा भन्दा नरम नै भएको विश्लेषण गरिन्छ । अर्कातर्फ त्यतैतिरको लगानीमा साम्प्रदायिक हिसां बढेको आशंका गर्नेहरु पनि छन् । फलतः सत्तामा रहेर पनि मोदीको ओरालो यात्राले धर्मको राजनीति कमजोर बन्ने धेरैको आकलन छ । त्यस्तै उनमा निहीत शक्तिसमेत अब अन्य शक्तिमा छरिँदा नेपाली नेताहरुले आफूले मान्ने प्रभुमासमेत विविधता आउने तर्क गरिन्छ । यसले नेपालको राजनीतिक अस्थिरतामा भूमिका खेल्ने उनीहरुको डरकाबीच जनतासँग नजोडी ब्राण्डमा मात्रै कुद्ने नेपाली नेताहरुले पनि सबक सिक्ने आशा भने गर्न सकिन्छ ।