काठमाडौँ— कैलालीमा हावाहुरीले ढलेको रुखले च्यापिएर एक किशोरीको मृत्यु भएको छ ।
टीकापुर नगरपालिका–१ विशालनगर बस्ने १५ वर्षीया प्याउरी बिकको हावाहुरीले ढलेको रुखले च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार राति करिब ८ बजे घर नजिकैको साजको रुख घरको आगनमा ढलेको थियो । गर्धनमा हाँगाले लागेर च्यापिएकी बिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार राति कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिममा हावाहुरीसँगै सामान्य वर्षा भएको थियो ।
तद्दण् ध्यचमअगउ दबलभच ष्खिभ ाचयm यलष्लिभपजबदबच
कैलाली हावाहुरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो रु
ण्५
खुसी
ज्ञण्ण्५
दुःखी
ण्५
अचम्मित
ण्५
उत्साहित
ण्५
आक्रोशित
प्रतिक्रिया
प्रतिक्रिया