देश

अर्थमन्त्रीलाई राजेन्द्र पाण्डेको प्रश्न :बजेटमा जमिन उपयोग गर्ने कार्यक्रम खै ?


काठमाडौँ— नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले महत्वकांक्षी बजेट आएको बताएका छन् ।

आज प्रतिनिधि सभामा बजेटमाथि बोल्दै उनले आफूले बजेटबारे महत्वकांक्षी रहेको टिप्पणी आफूले सुनेको र आफूलाई पनि लगभग महत्वकांक्षी नै रहेको लागेको बताए ।

पुजीगत खर्च कसरी बढाउने भन्ने स्पष्ट दृष्टिकोण आउन नसकेको उनले बताए । सार्वजनिक खर्च कटौतीको प्रयास हुन नसकेको बताए ।

९० प्रतिशत बामपन्थी सांसदहरुको समर्थनमा बनेको सरकारले किसानका लागि अपेक्षित रुपपमा सम्बोधन गर्न नसकेको बताए ।

बजेटका सन्दर्भमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै टिप्पणी गरेको एकीकृत साजवादीका उपाध्यक्ष पाण्डेले स्मरण गरे । ओलीले सरकारमा सहभागी दलसँग प्रयाप्त छलफल नगरी बजेट आएको टिप्पणी गरेका थिए ।

एमाले अध्यक्ष ओलीको टिप्पणीलाइ सापटी लिएर एकीकृत समाजवादीका उपाधयक्ष पाण्डेले पनि सरकारमा रहेका दलहरुका बीचमा आवश्यक छलफल गर्नमा कमी रहेको टिप्पणी गरे ।

केही सकारात्मक कार्यक्रम समेत आएको स्मरण गर्दै उनले थपे, ‘तर, जमिनलाई उपयोग गर्ने कार्यक्रम आएन ।’