Breaking

बालेनसँग पौठेजोरी खोज्दै ओली, गिरीबन्धु मुद्दा उठाएरै नायक बन्दै बालेन


सडक विभाग,भौतिक पूर्वाधार मन्त्री हुँदै सरकासँग भिडिरहेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह उर्फ बालेनको भिडन्त एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै शुरु भएको छ । जसको रणमैदान न्यूरोडको सडक बन्दा यसमा प्रष्ट दुई पक्ष देखिएको छ । जसलाई कतिपयले नयाँविरुद्ध पुरानाको लडाइँकै रुपमा हेर्दा बालेन र सरकार तथा ओलीबीचको भिडन्तको सम्बन्ध के हो त ?

काठमाडांैको मुख्य क्षेत्रमा रहेको जुद्ध सडक अर्थात न्यूरोडमा सोमबार काठमाडौँ महानगर र केन्द्रीय सरकारको भिडन्त नै थियो । सडक भत्काएको भन्दै बनाउन अल्टिमेटम दिएको सडक डिभिजन कार्यालयका कामदारलाई पिच गर्न भ्याईनभ्याइ थियो । रफ्तार हेर्दा लाग्थ्यो यही गतीमा पिच हुने हो भने पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्ड होस् कि कलंकी–महाराजगन्जको चक्रपख खण्ड एक हप्तामा काम फत्ते भइसक्ने रहेछ । तर यो रफ्तार त केवल काठमाडौं महानगरको सेखी झार्ने अस्त्र मात्रै थियो । यता महानगर प्रमुख बालेन्द्र शाह बालेन पनि के कम उनले सामाजिक सन्जालबाटै स्टाटस ठोकेर केपी शर्मा ओलीलाई गिरीबन्धु टी इस्टेटको जग्गामा बैना उठाएको रकम फिर्ता गर्न चुनौती नै दिए ।

जसले गर्दा एमाले नेता र पक्षधरहरु आगो नै बनेका छन् । एक त उनकै कानुनी सल्लाहकार ओमप्रकाश अर्यालले हालेको रिटमा ओली दोषी देखिने, अर्कातर्फ आफ्ना पार्टीका मन्त्री रघुवीर महासेठ प्रहारमा पर्ने र अहिले ओलीमाथि नै फेरि प्रहार गर्ने बालेन शैलीले एमाले कार्यकर्ताको होस नै उडेको छ । तर यो नै बालेन कोहीसँग पहिलो चोटी भिडेको घटना भने होइन । यसअघि पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,गृहमन्त्री रवि लामिछाने तथा संघका मन्त्रालय तथा सो मातहतका कार्यालयसँग उनी भिडिसकेका छन् ।

जसले पुराना पार्टी र नेताहरुको निद नै हराम हुँदाबालेनलाई पक्राउ गर्न वालुवाटारमा बैठक नै बसेको थियो । जनताका प्रिय भएकै कारण बालेन आफूमाथि खनिइरहेको बुझाईमा रहेका उनीहरु त्यतिबेला जनमत पार्टीका अध्यक्षडा. सीके राउतले नसम्झाएका भए बालेनलाई देखाइदिने मुडमै थिए । जुन अवस्था फेरि विकास हुन थालेको छ ।

अहिले प्रचण्ड, ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच काण्ड मिलानको सहमति भएको चर्चा नै छ । यही कारण रविविरुद्ध चर्को सुनिने कांग्रेस, एमाले–माओवादीप्रति नरम भएको चर्चा गरिँदा बालेनसँग भिडन्त भएपछि तीनै नेता भेला भएका छन् । जसलाई अर्थपूर्ण रुपमा हेरिँदा पछिल्लो समय ओली निरन्तर बालेनलाई धम्काइरहेका छन् । यसले अहिले एमाले र उनी आमनेसामने भएका छन् भने नफुट्ने तबला उपहार दिएर ओलीले बनाएको सम्बन्ध टुक्रा टुक्रा हुनेतर्फ अघि बढेको छ । जसले क्षेत्राधिकारको विवादलाई समेत प्रतिविम्बित गर्दा पुराना दल बालेन सकाउने बाटोमा रहेको विश्लेषकहरु बताउँछन् ।

उनीहरुका अनुसार विगतमा रविबाटै तर्सिएका उनीहरु बालेनको लोकप्रियताबाट तर्सिएका मात्रै छैनन् आगामी निर्वाचनमा बालेन त्यो भन्दा ठूलो खतरा हुने डरमा छन् । जहाँ उनका कामले पाएको लोकप्रियताले समेत यसलाई पुष्टि गर्दा काम जालझेल गर्ने,रोक्ने र विवादमा तान्ने बाटोमा पुराना नेता र दल लागेको उनीहरु तर्क गर्छन् । जहाँ नागरिकको साथ पाएका बालेन पछि नहट्ने बरु भिड्ने बाटोमा लाग्दा मुठभेड बढ्दै गएको र यो यतिमै अन्त्य नहुने उनीहरुको विश्लेषण छ ।

अहिलेसम्म हेर्दा बालेनको शक्ति नै उनको समर्थकहरु हुन् । सोमबारमात्रै उनको सामाजिक सन्जालमा फलोअरको संख्या २ मिलियन अर्थात (२० लाख)पुगेको छ भने जति उनलाई काममा अवरोध हुन्छ उति चर्चामा आइरहेका छन् । यसले समेत पुराना नेता र दलको निद हराम हुँदाबालेनले चालेको कदम पदीय हैसियत अनुरुपको नभएको भन्दै लाज नै लजाउने गरि ऐन कानुन सिकाइरहेका छन् । जहाँ बालेन भने काँक्रो चोरलाई मुड्कीसास्ती भन्ने उखान चरितार्थ गर्न लागि पर्दा उनीसँग ठोकिने नै टुक्राटुक्रा हुने गरेको विगत एमाले र ओलीमासमेत नदोहोरिएला भन्न सकिँदैन ।