काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आर्थिक वर्ष २०७५÷०७६ देखि ०७९÷०८० को अवधिमा खानीजन्य ढुंगागिट्टी र बालुवाको टेण्डर लगाउँदा सरकारी दर भन्दा कम गरी १ अर्ब चार करोड ८७ लाख ४५ हजार २ सय ८७ रुपैयाँ हानी नोक्सानी पु¥याएको अभियोगमा उनीहरुविरुद्ध मुद्दा दायर भएको हो ।
अख्तियारले महर्जनसहित तत्कालीन प्रशासकीय अधिकृत, अन्य जनप्रतिनिधि र ठेकेदारसमेतलाई प्रतिवादी बनाएको छ । उनीहरुबाट १ अर्ब ४ करोड ८७ लाख ४५ हजार २ सय ८७ रुपैयाँ बिगो मागदाबी गरिएको छ । महर्जन २०७४ को स्थानीय तहको निर्वाचनमा पनि सोही नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।।
प्रतिक्रिया