Breaking

पिके सोलुखुम्बु टाप्टिङ समाज सेवाको अगुवाईमा १८ वटा भत्किएका माने पुनः निर्माण


काठमाडौँ – सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १० भित्र पर्ने पर्यटकीय पिके क्षेत्रमा जाने बाटोमा प्रचिनकालमा निर्माण भएका माने पर्खालहरुको धर्मिक सम्पदाका रूपमा रहेको माने पुनः निर्माण भएको छ । पिके सोलुखुम्बु टाप्टिङ समाज सेवा काठमाडौंको विशेष अगुवाईमा पिके पिक टाप्टिङ क्षेत्रभित्र रहेका १८ वटा पुराना भत्किएका सबै माने पुनः निर्माण सम्पन्न भईसकेको संस्थाले जानकारी दिनुभयो ।

वडा नम्बर १० टाप्टिङका स्थानीयहरु लगायत देशविदेशमा बस्नु हुने धेरै मनकारी ब्याक्तित्वहरुको अर्थिक सहयोगको साथै उपभोक्ता समूह मर्फत सोलुदुधकुण्ड नगरपालिकाले विनियोजन गरेको ५ लाख रुपैयाँ र नेपाल मगर बुद्ध सेवा समाज टाप्टिङ्गको सहयोगमा पिके पिक पर्यटन क्षेत्र सोलुदुधकुण्ड न। पा। वडा न। १० भित्र पर्ने १६ वटा पुरानो भत्केको र जिर्ण माने पर्खालहरु पुननिर्मण तथा मर्मत सम्भार आयोजनाको तेस्रो तथा अन्तिम चरणको सबै काम सम्पन्न भएको अध्यक्ष ङवाङ फुरी शेर्पाले जानकारी दिनुभयो ।

प्रतिकुल मौसम, भौगोलिक विकटता र विभिन्न कठिनाईका बवाजुत पनि पिके सोलुखुम्बु टाप्टीङ समाज सेवाले तेस्रो तथा अन्तिम चरणको सम्पूर्ण पुरानो भत्केको र जिर्ण माने पर्खालहरु पुननिर्मण तथा मर्मत सम्भार कार्य सम्पन्न गरेको संस्थाले जानकारी दिनुभयो ।

तेस्रो तथा अन्तिम चरणको माने पुन निर्माण तथा मर्मात सम्भार कार्यमा देश तथा बिदेशबाट आर्थिक सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी मनहरू लाई पिके सोलुखुम्बु टाप्टीङ समाज सेवाले धन्यवाद व्यक्त गर्नु भएको छ साथै आगामी दिनहरुमा पनि यस सस्थाले गर्ने बिशुद्ध सामाजिक कार्यमा यस्तै साथ र सहयोग को अपेक्षा गर्दछौ। गर्नु भएको छ

आउने एक महिना भित्र सम्पन्न भएका मानेहरु रप्ने गरेपछि सम्पूर्ण काम सम्पन्ना हुने जानकारी गराउनु भएको छ