Breaking

प्रतिपक्षीसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता छैन: माधब नेपाल


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतिपक्ष दलका नेताहरुसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता नरहेको बताएकाछन् । आइतबार काठमाडौंमा दशौं राष्ट्रिय महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो पार्टी राजनीतिको महत्वपूर्ण घटक भएको र सबै नेताहरुसँग छलफल चल्ने कुरा स्पष्ट रहेको बताए ।

उनले सबैले नेताहरुसँग भेट गर्न र सम्पर्क बढाउन पाउने बताए । सरकारमा कुनै असमझदारी नबनाउन आफूले यसबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई जानकारी गराएको पनि उनले बताए । उनले देशको राजनीति कति बेला के हुन्छ भन्नसक्ने स्थितिमा नरहेको दाबी गरे ।

यस्तै पार्टीका महासचिव घनश्याम भुषालले पुनरुत्थानवादी शक्तिहरुले सामाजिक तथा साम्प्रदायिक सद्भाव र एकतालाई खल्बल्याउने प्रयत्न गरिरहेको बताए ।