काठमाडौँ— संविधानत नेपालले असंलग्न परराष्ट्र नीति अंगिकार गरेको छ । सन्तुलित विदेश नीतिका आधारमा कुटनीतिक व्यवहार सञ्चालनको विकल्प छैन । तर बिडम्बना अस्थिर राजनीति र नेतृत्वको स्वार्थ सिद्ध राजनीतिक प्रवृत्तिले आन्तरिक सत्ता समिकरण फेरबदलमा समेत बाह्य शक्ति हावी हुने गरेको छ ।
संसदको पहिलो र दोस्रो दललाई जुधाएर तेस्रो शक्ति माओवादी केन्द्रका अध्यक्ष एवंम प्रधानमन्त्री पुष्पकमल दाहाल ,प्रचण्ड सत्तामा विराजमान छन् । गत फागुन २१ गतेको सत्ता उलटफेरपछि बालुवाटार र बुढानिलकण्ठको टकराव उत्सर्षमा छ । तेस्रो पटक सत्ता उलटफेर गरेर आफ्नो प्रधानमन्त्रीको कुर्सी जोगाएका प्रचण्ड गठबन्धन जोगाउन दिलो ज्यान दिएर लागेकाछन् ।
प्रचण्डले धोका दिएपछि रनाहामा रहेका कांग्रेस सभापति शेरबादुर देउवा एमाले–माओवादी गठबन्धन तोड्ने भगिरथ प्रयासमा छन् । त्यसका लागि उनले सत्ताघटककै केहीदललाई फुटाउने तुरुप फाल्दैछन् यसअघिका अनेक अस्त्र निशस्त्र भएपछि हाईकाढेर सबेका देउवाले माधव अस्त्र शक्तिशाली हुन सक्ने अड्कल काटेका छन् । अहिले गठबन्धनमा अपमानित महसुश गरेर बसेका माधव नेपाललाई मनाएर देउवा सत्तामा बाजी मार्ने मौकाको खोजीमा छन । फलत ः देउवाको ढाडस र भारतको बल पाएका माधव नेपाल उथलपुथल गर्ने उचित समयको पर्खाइमा छन् ।
सत्तारुढ दलभित्र मात्र नभई प्रतिपक्ष कांग्रेससँग माधवको उठबसले राष्ट्रिय राजनीति तरंगित छ । साना–ठुला दल विभाजन होस् या सत्ता समिकरणको जोडघटाउ मिलाउँदा दक्षिण पश्चिमको इसारा चल्ने कुरा नेपाली राजनीतिमा ओपन सेक्रेट जस्तै छ । अझ प्रस्ट बुझ्नेगरी भन्नुपर्दा चुनावमा व्यस्त दक्षिण छिमेकी मूलुक भारतको भर नमिल्दा सत्ता सकस छरपष्ट भए पनि सरकारनै फेरबदलको अवस्था सिर्जना भएको छैन। प्रधानमन्त्री प्रचण्डले यो सरकार र समिकरण नढल्ने दावी गर्दै गर्दा राजनीतिका जानकारहरु भने सरकारको आयु भारतको चुनावपछि निक्र्यौल हुने दाबी गर्छन् ।
कांग्रेस–माओवादीको समिकरण ढालेर बनेको एमाले–माओवादीको सरकारलाई चिनियाकरण गरेको भारत पक्कै चुप लागेर बसेको छैन । एमसीसी परियोजना कार्यन्वयनमा आएसँगै बढेको अमेरिकी सक्रियताले भारत थप हौसिएको छ । प्रचण्ड भारतको प्रिय पात्र भए पनि भारतको आखाको तारो बनेका ओलीसँग प्रचण्डको सहकार्य भारतलाई पचेको छैन । भारतको सदासयताले सत्ता टिकाई रहेका प्रचण्ड एकाएक चिनिया कित्तामा आएपछि भारत चिढिएको छ।
अझ चुच्चे नक्साको विवादले भित्रभित्रै दरारपूर्ण रहेको दुई देशबीचको सम्बन्धमा ओलीको हातमा सत्ताको साचो आइपुग्नासाथ हतार हतारमा एक सयको नोटमा चुच्चे नक्सा राख्ने विषयले थप क्तित्तता बढाएको छ। भारतमा लोकसभा चुनावका कारण यो विषय केहि ओझेलमा परेको देखिन्छ । अर्कोतिर आफु अनुकुल सरकार बने लगत्तै नेपालीहरुको लागि नि.शुल्क भिषा , सीमा नाकाहरुको सञ्चालनमा समेत सहजीकरण गरेको चीन यो सरकार टिकाउन र आफु अनुकुल प्रयोग गर्न स्वस्फुर्त रुपमा सक्रिय देखिएको छ । असंलग्न परराष्ट्र नीति अंगिकार गरे पनि सन्तुलित विदेश नीतिको प्रभावकारी कार्यन्वयनमा दलहरुको ध्यान गएको छैन । आफु अनुकुल आफ्नो स्वार्थ सिद्ध गर्न कुटनीतिक व्यवहारका कारण चिनिया कार्ड र भारतीय कार्डको लेखाजोखा भईरहेको छ । अस्थिर राजनीति र नेतृत्वको स्वार्थ सिद्ध राजनीतिक प्रवृत्तिले आन्तरिक सत्ता समिकरण फेरबदलमा समेत बाह्य शक्ति हावी छ । सत्ता हत्याउन दलहरुले यसलाई थप मलजल गर्दै आई रहेकाछन् । फलत नेपाल दुई ढुङगा बीचको तरुल जस्तै सत्ता उलटफेरमा उत्तर र दक्षिणको खुल्लमखुल्ला हस्तक्षेप र आफु अनुकल सरकार बनाउने होडवाजीमा चेपिदै आएको छ।
यस्ता कुटनीतिक हस्तक्षेप र गलत प्रवृत्तिलाई रोक्नु पर्ने तर्क कुटनीतिक मामिलाका जानकारहरुको छ । तत्कालिन समयमा राजा चीनसँग नजिक भएकै कारण भारतले राजसंस्था हटाउन भूमिका खेलेको विषय छिपेको छैन। यसले पनि छिमेकीको दवाव र प्रभावमा नभई समदुरीको सम्बन्ध कायम गर्नुपर्ने उनीहरुको जोड छ ।
काठमाडौँको सत्ता समीकरणमा फेरबदल हुँदा शक्ति राष्ट्रहरू मुख्यत छिमेकी मुलुक भारत र चीनमाथि शंकासहितको प्रश्न गर्ने चलन छ । सत्ता समीकरणमा बारम्बार भइरहने परिवर्तनले पनि यस्ता आशंकालाई बल पु¥याइरहेको छ । भने अहिले सत्तामा देखिएको संकट र दलहरुको दौडधूपमा ‘दिल्ली’ र ‘बेइजिङ’ को चर्चा हुने गर्दछ । यो भाष्य बदल्न दलहरुले आफ्नो राजनीतिक प्रवृत्ति र कुटनीतिक भूमिकामै सुधार गर्न जरुरी देखिन्छ ।
प्रतिक्रिया