Breaking

रविको सनकमा चल्ने गृह, प्रहरीनै आजित, ओली–प्रचण्डको भरिया बन्दा जनताले पत्याउनै छाडे (भिडियोसहित)


काठमाडौँ— विचार र नितिले भन्दा आवेग स्टण्ड र उत्तेजनामा रमाउने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको कदम विवादको घेरामा पर्न थालेको छ । तत्कालिन स्वार्थभन्दा माथि नउठ्ने उनको यस्ता कदमले उनी पुर्वाग्राहपूर्ण काममा रमाएको आरोपलाई वल पुर्यादा सो मन्त्रालय र पदको गरिमा माथि नै प्रश्न उठ्न थालेको हो । महरा सिरोहिया देखि विनोद चौधरी र ट्राफिक स्वयंमसेवकसम्मको उनका निर्णय यसैका उदाहरणहरु हुन् ।

देशमा गणतन्त्र दिवस मनाईरहेका वेला उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बढो प्रिय उद्घोष सामाजिक सन्जालबाट गरे । नितिगत तयारी गरेर महिनावारीका वेला ट्राफिक प्रहरीलाई सडकमा ड्युटि गर्न नपर्ने व्यवस्था गर्न सक्ने अवस्थामा भएपनि उनले यसलाई विज्ञापनकै अश्त्र बनाए । जुन झट्ट हेर्दा राम्रै देखिए पनि उनले यसलाई स्टण्डको आक्षेप लाग्ने गरि फुर्को जोडे त्यो खाली ठाँउमा ट्राफिक नियम उल्लघन गर्ने व्यक्तिहरुलाई स्वयंसेवकका रुपमा सडकमा खटाईने छ । मादक पदार्थ सेवन (मापसे), लेन अनुशासन, तीव्र गतिलगायतको कारबाहीमा परेकालाई ट्राफिक स्वयंसेवकका रूपमा सडकमा खटाउने उनको अभियानविरुद्ध अदालतमा रिट दर्ता नै दर्ता भईसकेको छ ।

यो कदम कानुन र संविधान विपरित भएको भन्दै आलोचना भईरहेका वेला गृह मन्त्रालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा रिट परेको हो । जसले गृहमन्त्रीको अभियानको उद्घोष र उनको वोलीको ओजमाथि मात्रै प्रश्न उठेको छैन त्यो पदको गरिमामै प्रश्न गर्न थालिएको छ । लामिछानेले शुक्रबार अबेर काठमाडौंका तीन प्रहरी वृत्त (बौद्ध, गौशाला र महाराजगञ्ज) को अनुगमन गरेका छन् । नितिगत निर्णय गरेर समाधान गर्नुपर्ने विषय भन्दा प्रचार र स्टण्ड मन पराउने उनले यसलाई निर्देशन र अनुगमनको खेती कै रुपमा विकास गरेका छन् । ठूला माछा पक्राउ गर्ने, निर्मला हत्या प्रकरणदेखि ठूल्ठूला भ्रष्टाचारका फाइल खोल्ने उद्घोष गरेर लोकरिझ्याइँ गरेका उनी अहिले यस्तै सानातिना खेलामा रमाईरहेका छन् । जुन गृहमन्त्रीको काम भन्दा उनको विगतको मिडियाकर्मको धङधङीजस्तो देखिन्छ् ।

दोस्रो पटक गृहमन्त्री हुनासाथ कृष्णबहादुर महरा पक्राउ गरेर हो हल्ला गरेका उनले किन पक्राउ गरियो र किन छोडियो भन्ने अहिलेसम्म चित्तबुझ्दो जवाफ दिन सकेकाछैनन् । बरु विरामी भएर राज्यले करुणा देखाएको उनको भनाईले यो कदम स्टण्ड रहेको पक्का हुदाँ त्यसपछि सुन तस्करी छानविन समितिले दिएको प्रतिवेदनमा के हुँदै छ रवि उत्तर दिनसक्ने अवस्थामा छैनन् । सहकारी ठगीका नाईके जिवीराईलाई आकाश पाताल जहाँबाट भएपनि समातेर ल्याउँछु भनेको विर्सिसकेका छन् । योबीचमा व्यवसायी विनोद चौधरीलाई पक्राउ गर्ने होहल्ला चलाएका उनले अदालतबाट अनुमति लिएर पक्राउ गर्ने अधिकार प्रहरीसँग हुन्छ भन्ने विर्सिए । बरु चौधरीसँग बयान लिइँदै भनेर सूचना पहिल्यै चुहाइएको थियो भने ८ चैतमा चौधरीले सीआईबीसामु बयान दिए । त्यसपछि चौधरीलाई क्लिन चिट दिइएको वा उनीमाथि अनुसन्धान भइरहेको भन्नेबारे अत्तोपत्तो छैन । त्यस्तै कान्तिपुर मिडिया गु्रपका अध्यक्षलाई कुख्यात अपराधी जस्तै गरेर पक्राउ गराएका रविले उनीसंग त सहकारी प्रकरणको प्रतिसोध साँधेकै आरोप लाग्यो । तीनपल्ट म्याद थपेर ९ दिनपछि १६ जेठमा उनी हाजिर जमानीमा रिहा हुदाँ रविको होहल्ला किन थियो र के भयो भन्ने प्रश्न उठेको छ । जसले गृहमन्त्रालय मात्रै नभई स्वयम उनको नियत माथि नै शंकको सुविधा दिएको छ ।

यो बीचमा कांग्रेसका नेताहरुको फाईल खोल्छु भन्दै हल्ला फिजाएका उनी एमालेअघि नतमस्तक छन् । फतल ः गिरिबन्धु टिइस्टेटको नाम समेत उच्चारण गर्न डराउने उनको काम, कामकुरो एकातीर कुम्लोवोकि ठिमितिर भने जस्तै छ । अरुलाई मिनेट र सेकेण्ड गनेर चुनौती दिने उनी गृहमन्त्री भएको झण्डै तीन महिना हुँदासम्म कुनै प्रकरण पार लगाउन सकेकाछैनन् । भएका केहि निर्णय समेत परिपक्व नहुदा उनीमाथि नै प्रहार भएको छ भने टिभिको भित्तामा कराएजस्तो सजिलो काम गर्न नहुने अन्य नेताको भनाईलाई उनी चरितार्थ गरिरहेका छन् ।