Breaking

एमालेमा नयाँ ट्विस्ट : ओली पन्छाउन विद्याको नेतृत्व ? विष्णु र शंकरनै झस्किए (भिडियोसहित)


काठमाडौँ— पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्काउन एमालेको एक तप्का सक्रिय भएको छ । अप्रत्यक्ष रुपमा यो समुह उनलाई अघि सारेर वर्तमान नेतृत्वप्रति प्रहार गर्न लागि पर्दा भण्डारी समेत त्यसका लागि तयार देखिन थालेकि छिन् । फलत : भातृसंघ सगठनका कार्यक्रममा सक्रिय उनका पक्षलाई अघि सार्न उनीपक्षधर नेताहरु लागि परेका छन् । त्यसका लागि ओली नजिककै भनिएका व्यक्ति तयार हुदाँ भण्डारीले गरेका संकेत के के हुन त ?

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्मानित झोलीको देउता बनाउने एमाले अध्यक्ष केपी शर्मा ओलीको रणनिति विपरित उनी एमालेको राजनीतिमा फर्किने संकेत गर्न थालेकी छिन् । त्यसका लागि नेता कार्यकर्तासंग भेट बढाँउदै आएकी उनी अहिले खुलेरै लागेकी छिन् भने ओली निकट भनिएकै नेता समेत यसमा सक्रिय छन् । भातृसंघ संगठनले समेत उनलाई प्रमुख अथिति बनाएर विज्ञापन गर्ने तथा दवाव बढाउने काम गर्दा नौ वर्षपछि उनलाई एमालेको औपचारिक कार्यक्रममा सहभागी गराएर राजनीतिमा आउन अप्रत्यक्ष निम्तो दिइएको छ ।

एमाले जनसंगठन समन्वय संयन्त्रले पार्टीका २३ वटै जनसंगठनमा रहेका महिलाको भेलामा उनको उपस्थितीलाई अर्थपूर्ण रुपमा हेरिदाँ अर्को साकेतिक कार्यक्रममा तयारीमा उनी निकट नेताहरु लागि परेका छन् । अहिले एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, गोकुल बाँस्कोटा, कर्ण थापा लगायतका नेताहरु भण्डारीको निकट सम्पर्कमा रहँदा आफूभन्दा पछिकालाई अघि सार्ने ओलीको रणनितिले साझा नेतृत्व महसुस गर्न नसकिने अरु धेरै नेताको बुझाई छ । फलत ः योगेश भट्टराइ पनि भण्डारीको सम्पर्कमा रहँदा पार्टीभित्र अभिभावकीय भूमिका निर्वाह गर्ने समन्वयकारी व्यक्तिको पनि खोजी गरिरहेकाले भण्डारीलाई पार्टीको सक्रिय राजनीतितिर उन्मुख गराउन खोजिएको उनी निकट नेताहरुले दावी छ । जहाँ भण्डारीले नै वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीसंग आफू यसका लागि तयार रहेको खुलासा गरेकी हुन् ।

यता ओली भने उनलाई रोक्न पहिल्यैबाट लागि परेका छन् । फलत ः कहिले राष्ट्रपतिमा थन्काउने त कहिले ‘गणतन्त्र गौरव’ सम्मानले बाध्ने काम गरिरहेका छन् । तर उनकी छोरी उषा किरण भण्डारी थापालाई राष्ट्रिय सभा सदस्य हुन गरेको अफर स्वीकार नहुनुले झस्किएका उनले भण्डारीको विरासत र पार्टिभित्रको पकड कति भारी पर्छ अनुमान लगाईरसकेका छन् । मुख्य कुरा आफू निकट नेताहरु नै चुनावमा हार्ने तथा प्रदेशमै देखिएको गुटले समेत ओलीलाई चिन्ता थपिएको छ ।
भण्डारी ६१ वर्ष हाराहारी मात्र पुगेकाले पार्टी विधानअनुसार अझै सक्रिय राजनीतिका लागि पुगनपुग १० वर्ष उमेर बाँकी नै छ । त्यस्तै उनी राष्ट्रपति नै हुदाँ आफूले चाहेका व्यक्ति मुख्यमन्त्री बनाएको उदाहरण तरोताजा छ भने उनी सामाजिक कार्यमै व्यस्त रहेने मुडमा रहेपनि नेता कार्यकर्ताले नै राजनीतिमा तानिरहेको तर्क गर्नेहरु पनि छन् ।

यस्ता नेता कार्यकता वामपन्थी पार्टीहरूबीच एकताका लागि सहज हुने भएकाले भण्डारीलाई पार्टी अध्यक्ष बनाउनुपर्छ भन्ने तर्क गर्छन भने ओलीको यहि रवैया रहे आफूले राष्ट्रिय सभाको तयारी गर्नुपर्ने अवस्थमा दोश्रो तहका अधिंकाश नेताहरु छन् । उपनिर्वाचनले तल्लो तहमा आफू निकट युवा अघि सार्ने र माथि आफ्नो मजवुद नेतृत्व तयार गर्ने सोचाईमै ओली पुग्दा भण्डारी पक्षीय नेताहरुको यो तर्कपनि अस्वभाविक छैन् । जहाँ नेता आनन्द पोखरेल मदन भण्डारीकै जनताको बहुदलिय जनवादमा पार्टि चलेको भन्दै उनी राजनीतिमा आए कसैले रोक्न नसक्ने दाबी गर्छन् ।

मुख्य कुरा त भण्डारीसँग पार्टीभित्र पदाधिकारी, स्थायी समिति, पोलिटब्युरोदेखि केन्द्रीय सदस्य र सांसदहरूको ठूलो पंक्ति पनि छ । तर ओलीसंग टक्कर नै लिन उनी तत्काल तयार नभएको बुझ्न गाह्रो छैन् । व्यक्तित्वका हिसावले समेत शक्तीशाली उपाध्यक्ष बनीसकेकी उनी एमालेको अध्यक्ष बन्ने पालोमै राष्ट्रपति भएकी थिईन् । यहि कारण अहिले फुकिफुकि पाईला चालिरहेकी उनी भेटघाट समेत आफ्नै निवासमा गर्छिन् । जसले कम्तिमा ओलीको एकलौटिपनालाई थ्रेड दिने काम गरेको उनी निकट नेताको बुझाई रहँदा उनी चेक एण्ड व्यालेन्सकै अश्त्र मात्र बनिरहने त हैनन् ? प्रश्न यो पनि छ ।