Breaking

हेल्प नेपालको विजयी सुरुवात


काठमाडौँ – नेपाल भलिबल संघको आयोजनामा आजदेखि सुरु भएको पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ टिपटप हेल्प नेपालले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शनिबार बिहान भएको पहिलो खेलमा हेल्प नेपालले बूढानीलकण्ठ भलिबल क्लबलाई ३-१ को सेटमा हरायो ।

पहिलो सेट २५-२० ले आफ्नो पक्षमा पारेको हेल्प नेपालले दोस्रो सेट २५-१२ सहजै जितेको थियो । प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट बूढानिलकन्ठले ट्राइबेकमा २९-२७ ले जित्दै खेलमा फर्कने संकेत गरेको थियो । तर, पाकिस्तानी खेलाडी समावेश गरेको हेल्प नेपालले चौथो सेट २५-२२ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो ।

लिगअन्तर्गत पहिलो दिन कुल ६ खेल हुनेछ तालिका छ । जसमा पुरुषतर्फ ४ र महिलातर्फ २ खेल हुनेछन् । आजै पुरुषतर्फ नेपाल पुलिस क्लब र सुदूरपश्च तथा एपीएफ र गण्डकी प्रदेश र तथा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशबीच हुनेछ । यस्तै महिलातर्फ एपीएफ र चन्द्रागिरि न्यु डमयमण्ड तथा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ ।