काठमाडौँ – अमेरिकामा आयोजना हुने टी–२० विश्वकपमा सहभागी हुन प्रतीक्षारत क्रिकेटर सन्दीप लामिछानेलाई अन्तर्वार्ताका लागि अमेरिकी दूतावासले बोलाउने भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मन्त्रालयले दूतावासलाई ‘भिसा नोट’ पठाएसँगै लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाउने भएको हो ।
‘हामीले दूतावासलाई हिजो भिसा नोट पठाएका थियौँ, दूतावासले आज अन्तरवार्ताका लागि बोलाउँछौँ भनेको हो,’ मन्त्रालय स्रोतले भन्यो । यसअघि, लामिछानेलाई भिसा दिन अमेरिकाले अस्वीकार गरेको थियो ।
यसैगरी, अमेरिकी दूतावास स्रोतले पनि लामिछानेलाई पुनः अन्तर्वार्ताको मौका दिन लागेको बताएको छ ।
यता नेपाल क्रिकेट संघका सदस्य दुर्गाराज पाठकले भने समाचार तयार पार्दासम्म लामिछानेलाई यसबारे कुनै आधिकारिक इमेल प्राप्त नभएको जानकारी दिए ।
प्रतिक्रिया