मौसम

उफ् गर्मी, ओगोबिना पापड पाक्ने घाम, विश्वमै गर्मीको रेडर्क ब्रेक ! (भिडियोसहित)


काठमाडौँ— केही दिनयता बढ्दो तापक्रमले विश्वभर समस्या ग्रस्त छ । अत्यधिक गर्मी तथा लुका कारण करोडौं व्यक्ति मारमा परेका छन् । छिमेकी मुलुक भारतमा गर्मीका कारण जनजिवन प्रभावित भएको छ ।
केही हप्तायताका सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय मिडियाहरूलाई पछ्याउने हो भने मौसमले नयाँनयाँ रेकर्डहरू बनाएका पोस्ट र समाचारहरू देख्न÷पढ्न सकिन्छ । यस वर्षको गर्मीले धेरै मानिसहरुको ज्यानसमेत लिएको छ । यतिबेला छिमेकी मुलुक भारतमा गर्मीकै कारण जनजिवन प्रभावित भएको छ । राजधानी नयाँ दिल्लीमा तापक्रम अहिलेसम्मको उच्च अर्थात् ४९.९ डिग्री सेल्सियस पुगेको छ ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले नरेला र मुङ्गेसपुरस्थित दिल्लीका दुई उपनगरीय क्षेत्रमा उच्च तापक्रम मापन गरेको छ । मौसम विभागका अनुसार यहाँको तापक्रम अपेक्षाभन्दा नौ डिग्री बढी रहेको छ । तीन करोडभन्दा बढी जनसंख्या रहेको यस सहरको जनजीवन अस्तव्यस्त भएको छ । गर्मीकै कारण बच्चाहरु बेहोस हुन थालेपछि स्थानीय अस्पतालमा भर्ना गरेर उपचार गरिरहेको भिडियोहरुसमेत सार्बजनिक भएको छ ।
यति मात्रै होइन राजस्थानमा चर्को घाममा चुलोबिना पापड पकाइएको भिडियो पनि सार्वजनिक भएको छ ।

भारतमा सन् २०२२ को मे महिनामा दिल्लीको केही भागको तापक्रम ४९.२ डिग्री सेल्सियस (१२०.५ फरेनहाइट) पुगेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । भारतमा गर्मीयाममा तापक्रम उच्च रहने भए पनि पछिल्ला वर्षहरूमा लामो र अत्यधिक गर्मी हुने गरेको छ । वर्षौंको वैज्ञानिक अनुसन्धानले जलवायु परिवर्तनका कारण गर्मी लामो हुने, बारम्बार हुने र तीव्र हुने गरेको जनाएको छ । नयाँ दिल्लीका अधिकारीहरूले गर्मी बढेसँगै पानीका स्रोतहरू पनि घट्दै केही क्षेत्रमा आपूर्ति कटौती हुने र खानेपानीको अभाव हुनसक्ने चेतावनी दिएका छन् । विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ) का अनुसार अत्यधिक गर्मीको यो समस्याले जलवायु क्षेत्रमा अझै काम गर्नुपर्ने देखिएको छ । यस पटक विश्वभर तापमानको यसअघिको रेकर्ड तोडिने सम्भावना रहेको संगठनले जनाएको छ ।