Breaking

गठन भयो संसदीय छानबिन समिति, सूर्य थापा सभापति


काठमाडौँ— सहकारीको बचत अपचलन प्रकरणबारे छानबिन गर्न संसदीय समिति गठन गरिएको छ ।

सभामुख देवराज घिमिरेले आजको प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा नियमावली, ०७९ को नियम १८० बमोजिम संसदीय छानबिन विशेष समित गठन गरिएको जानकारी दिए ।

समितिको नाम सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिु रहेको छ । समितिमा एमालेका सांसद सूर्यबहादुर थापा सभापति रहेको घिमिरेले जानकारी दिए ।

समितिमा एमालेबाट सरिता भुसाल सदस्य छिन् । नेपाली कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे छन् । माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल छन् । राप्रपाबाट धुव्रबहादुर प्रधान छन् ।